भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एउटा नेता ५–६ पटक प्रधानमन्त्री भएको देश कुन हो ?


  • असार १७, २०८०
  • 332 Views
एउटा नेता ५–६ पटक प्रधानमन्त्री भएको देश कुन हो ? image

काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री गगनकुमार थापाले दाग लागेको कांग्रेसको महामन्त्री हुनु भन्दा सफा कांग्रेसको कार्यकर्ता बन्न तयार रहेको बताएका छन् । नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले आफू बदलिने यात्रामा तयार रहेको स्पष्ट पनि पारे । बलियो, बदलिएको, सफा, सुद्ध कांग्रेसको कार्यकर्ता मात्रै भएर पछाडि बस्दा मज्जा आउँने महामन्त्री थापाको तर्क थियो । ‘दाग लागेको कांग्रेसको महामन्त्री हुनु भन्दा सफा कांग्रेसको एउटा कार्यकर्ता मात्र भएर बस्दै गर्दा बडो मज्जा आउँछ, म त्यो गर्न तयार छु’, थापाले भने ।उनले नेतृत्व परिवर्तनका लागि विधि र थिति बसाल्नु पर्ने बताउँदै ‘किन एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने ?’ भन्दै प्रश्न पनि गरे ।

एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री बन्ने कुराले पार्टी संकटमा परेको तर्क गर्दै थापाले भने, ‘किन एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने ? उत्तर के हो त्यसको ?’ उनले आफूले उठाएको कुरा कुनै गुट वा आग्रहको नभई खुला छलफलको विषय भनेको प्रतिक्रिया दिए ।

डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने पद्दति कुनै पनि देश नभएको दाबी पनि महमन्त्री थापाले गरे । ‘संसारमा एउटा त्यस्तो देश मलाई बताई दिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको होस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन’, उनले दोहोर्‍याए । यो समाचार राजधानी दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.