भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एउटै औँलाले हल्लाउन सकिने ठूलो ढुङ्गो


  • पुष १३, २०७९
  • 204 Views
एउटै औँलाले हल्लाउन सकिने ठूलो ढुङ्गो image

दोलखा । झट्ट हेर्दा पत्याउन गाह्रो छ । तर दोलखाको मेलुङ गाँपालिका–४ मा एक औँलाले मज्जाले हल्लाउन सकिने बडेमाको ढुङ्गो रहेको छ । गोठालाहरु यसमा चढेर मज्जाले हल्ली हल्ली खेल्ने गर्दछन् तर लड्दैन । यसले सबैजनालाई अचम्मित बनाएको छ । ठाउँको नामै हल्लिने ढुङ्गा रहन गएको छ ।

यसलाई बूढापुराना गाउँले दैविक शक्ति मान्छन् भने अहिलेका प्राकृतिकको कमाल मान्दछन् । तलबाट पनि बडेमाको ढुङ्गो छ । त्यसमाथि यो अडिएको छ । तल्लो माटोको भागमा गाडिएको छ भने यो त्यसमाथि अडिएको मात्र देखिन्छ । तल्लोको चुचो माथिल्लोको करिब डेढ फुट खोपुवामा मिलेर बसेको छ । त्यसकारण यो मज्जाले हल्लिन्छ तर खोपुवा भएकाले यताउति हुँदैन । सन्तुलन रहेकाले आप्mनै घाटमा चलिरहन्छ ।

यो सरकारी जग्गामा छ । यसका नजिक कोइरालाबोट, गैरा टोल बस्ती छन् । गाउँको बुद्धचोकबाट १५र२० मिनेटमा पैदलबाट पुगिन्छ । गाउँपालिका प्रमुख हीरा थोकरले अचम्मको र मनोन्जनात्मक हल्लिाने ढुङ्गा प्रचार प्रसारको कमीले छायाँमा परेको बताउनुभयो । सिंहदरबारको अधिकार अब गाउँमा आएको छ । यसलाई सदुपयोग गर्दै यसलाई नेपाल मात्र होइन विश्व सामु पु–याउने गाउँपालिकाको सोच बनेको छ, उहाँले भन्नुभयो ।

‘‘प्रथमतस् विकासको पूर्वाधार मानिने सडक सञ्जाल त्यहाँ पु–याएका छौँ । उहाँले भन्नुभयो, ‘‘संरक्षण कोष खडागरी यसको संरक्षण संवर्द्धन गर्दै आयआम्दानीको स्रोत पनि बनाउनेछौँ ।’’ मनमोहक सैलुङडाँडालाई पर्यटक मैत्री बनाएलगत्तै यसको पनि महत्व बढ्ने अपेक्षा राखिएको छ । गोरखापत्र दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.