DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एमालेको ‘मिसन ग्रासरुट’ अभियान गाउँदेखि घर–घरसम्म


  • फाल्गुन ६, २०७९
  • 230 Views
एमालेको ‘मिसन ग्रासरुट’ अभियान गाउँदेखि घर–घरसम्म image

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संगठन निर्माण र सुदृढीकरणका लागि घोषणा गरेको ‘मिसन ग्रासरुट’ अभियान शुक्रबारदेखि सुरु भएको छ । एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेरै अभियान सफल बनाउन परिचालन गरेको छ ।

यो अभियान दुई महिनासम्म सञ्चालन हुनेछ । यस क्रममा पार्टीका नेता गाउँगाउँ तथा सर्वसाधारणको घरघर पुग्नेछन् । यस अभियानले पार्टीलाई थप बलियो एवं सुदृढ बनाउने विश्वास एमाले नेताको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समग्र अभियानको संयोजक तोकिएको छ । यस्तै, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेशस्तरीय अभिमुखीकरणको जिम्मेवारी तोकिएको छ । मिसन ग्रासरुटमा खटिने नेताका लागि ११ वटा काम तोकिएको छ ।

सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्थित गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी तोकिएको एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

प्रदेश १ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई अभिमुखीकरणको जिम्मा दिइएको छ भने सचिव टोपबहादुर रायमाझीलाई अनुगमनको जिम्मेवारी तोकिएको छ । यस्तै, स्थायी कमिटी सदस्य शेरधन राई, अग्नि खरेल, राजेन्द्र गौतम र हिक्मतकुमार कार्कीलाई खटाइएको छ ।

मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अभिमुखीकरण जिम्मा दिइएको छ भने सचिव रघुवीर महासेठलाई अनुगमन जिम्मेवारी तोकिएको छ । यस्तै, स्थायी कमिटी सदस्यहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेललाई खटाइएको छ । महासेठबाहेक अरू सबै अन्य प्रदेशका नेता हुन् ।

बाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई अभिमुखीकरणको जिम्मा दिइएको छ भने सचिव गोकर्ण विष्टलाई अनुगनमको जिम्मेवारी तोकिएको छ । यस्तै, स्थायी कमिटी सदस्यहरू काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङलाई खटाइएको छ ।

गैरभौगोलिक क्षेत्र ९विशेष कमिटी०मा केन्द्रीय कार्यालयले संयोजन गर्नेगरी महासचिव शंकर पोखरेललाई अनुगमनको जिम्मेवारी तोकिएको छ । यस्तै, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र कार्यालय सचिव भीष्म अधिकारीलाई खटाइएको छ ।

गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीलाई अभिमुखीकरणका लागि जिम्मा दिइएको छ भने सचिव पद्माकुमारी अर्याललाई अनुगमनको जिम्मेवारी तोकिएको छ । यस्तै, स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापालाई खटाइएको छ ।

लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा बादललाई अभिमुखीकरणको जिम्मा दिइएको छ भने सचिव छविलाल विश्वकर्मालाई अनुगमनको जिम्मेवारी तोकिएको छ । यस्तै, स्थायी कमिटी सदस्यहरू भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराईलाई खटाइएको छ ।

कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अभिमुखीकरणको जिम्मा दिइएको छ भने सचिव योगेश भट्टराईलाई अनुगमनको जिम्मेवारी तोकिएको छ । यस्तै, स्थायी कमिटी सदस्य यमललाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्बाहाङ्फेलाई खटाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णु पौडेललाई अभिमुखीकरणको जिम्मा दिइएको छ भने सचिव लेखराज भट्टलाई अनुगमनको जिम्मेवारी तोकिएको छ । यस्तै, स्थायी कमिटी सदस्य मणि थापा, बिन्दा पाण्डे र कर्णबहादुर थापालाई खटाइएको छ । राजधानी दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.