भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एमाले कलह उत्कर्षमा, ओलीले बोलाए बैठक


  • चैत्र ५, २०७७
  • 772 Views
एमाले कलह उत्कर्षमा, ओलीले बोलाए बैठक image

काठमाडौं । साविक नेकपा हुँदा दुई खेमामा पुगेका एमालेका नेता पार्टी ब्युँतिँदा पनि मिल्न सकेका छैनन्। बरु वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भेला बुधबार सुरु भएको छ।

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विभिन्न आरोप लगाउँदै नौ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका छन्। वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली नियोजित रूपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुपर्ने असाधारण परिस्थितिमा भेला आयोजना गर्नुपरेको जनाएका छन्।

पार्टीमा हुर्कंदै गरेको चरम महत्वाकांक्षी व्यक्तिवादी गुटबन्दीले पार्टी र आन्दोलनमाथि थप्दै गरेका चुनौती, त्यसले भत्काउँदै गरेको सामूहिकतायुक्त पार्टी जीवन, लोकतान्त्रिक मूल्य र भावनाको क्षय, विचारहीन, असैद्धान्तिक तथा अराजनीतिक प्रवृत्तिहरूको वृद्धि, त्यसले पार्टी र आन्दोलनमा उत्पन्न गरेको विभाजन तथा विघटनका आशंका बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ।

भारतीय नाकाबन्दी सामना गरेको प्रधानमन्त्रीका रूपमा ओलीको लोकप्रियता बढेपछि व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गएको आरोप नेपालले लगाएका छन्। त्यसले अन्ततः आफू नै सरकार र आफैं पार्टी हो भन्ने स्थापित गर्न केन्द्रित रहेकाले पार्टी एकतादेखि सबै उपलब्धिलाई ध्वस्त बनाउने काम भएको आरोप ओलीविरुद्ध लगाइएको छ।

सर्वोच्च अदालतले दुई पार्टी (एमाले र माओवादी केन्द्र)को राजनीतिक एकतालाई कानुनी व्याख्याद्वारा एकीकरण अगाडिको अवस्थामा पुर्‍याइदिएको घटना प्रधानमन्त्री ओलीसहित सबैले आफैँले कबोल गरेका बाचाको प्रतिकूल रहेको ठहर नेपालले गरेका छन्। तर, त्यसमा पनि हर्षबढाइँ गरेर ओलीले एकताबद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजलाई आफ्नो गुटको विजय र अरूको पराजयका रूपमा प्रचार गराउने काम गरेको आरोप नेपाल लगाएका छन्।

नेपालले एमालेको एकता बचाउनुपर्ने पहिलो सर्त भएको भन्दै त्यसका लागि ०७५ जेठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनलाई निरन्तरता दिनुपर्ने जनाएका छन्। २०७५ जेठ २ मा कायम रहेका सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभाग पुनःस्थापना गर्नुपर्ने नेपालको माग छ।

ओलीले फागुन २८ मा राखेको आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकले गरेको निर्णयले एकताको आधार कमजोर बनाएकाले त्यसलाई असफल पार्न लाग्नुपर्ने नेपालको प्रस्ताव छ।

यो समाचार अन्नपूर्ण पोष्टमा छ ।

 


Thali Mobile Pvt.Ltd.