भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ओमिक्रोन भर्सेस डेल्टाः अब कुन भेरियन्टको वर्चश्व होला ?


  • मंसिर २२, २०७८
  • 611 Views
ओमिक्रोन भर्सेस डेल्टाः अब कुन भेरियन्टको वर्चश्व होला ? image

काठमाडौं । दक्षिण अफ्रिका हुँदै पछिल्ला दिनमा विश्वभर ओमिक्रोन भेरियन्ट फैलिएको बेला वैज्ञानिकले आगामी दिनमा कोरोना महामारीका लागि ओमिक्रोन र डेल्टाको प्रतिस्पर्धा रहने आँकलन गरेका छन्। उनीहरूले यो लडाइँमा ओमिक्रोन भेरियन्ट विजयी हुनसक्ने आधार देखेका छन्। दक्षिण अफ्रिका र बेलायतमा उपलब्ध तथ्यांकका आधारमा उनीहरूले यस्तो सम्भावना देखेका हुन्।

‘हामी अहिले सुरुवाती दिनमा छौँ तर तथ्यांकले सबै स्थानमा ओमिक्रोनले डेल्टालाई नउछिने पनि अधिकांंश स्थानमा वर्चश्व राख्नसक्ने देखिएको छ,’कोरोना भेरियन्टको निरन्तर अनुगमनमा जुटेका हार्भड मेडिकल स्कुलका डा।ज्याकोव लेमिक्स भन्छन्। तर अन्य वैज्ञानिकले डेल्टाको तुलनामा ओमिक्रोनको प्रसारण अत्यधिक हुने विषयमा निक्र्यौलमा पुग्न हतार गर्न नहुने तर्क गर्छन्।

‘विशेषगरी डेल्टा भेरियन्टको उपस्थिति अत्यधिक रहेको अमेरिकामा ओमिक्रोनले यसलाई प्रतिस्थापन गर्छ वा गर्देन भन्नेमा आगामी २ सातामा थप प्रष्ट हुनेछ,’ मिनिसोटाको रोचेस्टरमा रहेको मायो क्लिनिकका निर्देशक म्याथु विनिकर तर्क गर्छन्। तर ओमिक्रोनको विषयमा कतिपय महत्वपूर्ण प्रश्न अझ अनुत्तरित रहेका छन्।

यो भेरियन्टका कारण मध्यम तथा गम्भीर कुन हिसाबमा मानिस बिरामी पर्छन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। यसैगरी यो भेरियन्टले खोप लगाएर तथा एकपटक संक्रमित भएर प्राकृतिक रूपमा विकास भएको प्रतिरक्षात्मक क्षमतालाई कसरी असर गर्छ भन्ने विषय पनि अनुत्तरित छ।

दक्षिण अफ्रिकामा छोटो अवधिमा तीव्र हिसाबले फैलिएको र त्यहाँ झण्डै आधिपत्य देखाएका कारण वैज्ञानिकले यसको फैलन सक्ने क्षमता अधिक रहेको मान्छन्। दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारी यो भेरियन्टको कारण महामारीको नयाँ लहर आउनसक्ने र बिरामीको चाप थेग्न अस्पताललाई हम्मे पर्न सक्ने बताएका छन्।

मध्य नोभेम्बरसम्म प्रतिदिन २०० जना संक्रमित देखिएकोमा पछिल्ला दिनमा प्रतिदिन १६ हजार संक्रमित थपिन थालेका छन्। दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा देखिएका भाइरसका नयाँ केसमा ९० प्रतिशत हिस्सा ओमिक्रोनको रहेको छ। दक्षिण अफ्रिका ८ प्रान्तमा यो भेरियन्टले आफ्नो आधिपत्य जमाइसकेको छ।

‘यो भाइरस अत्यन्त तीव्र हिसाबले फैलिएको छ,’ अफ्रिका रिसर्च सेन्टरका निर्देशक विलेम हानेकोम भन्छन्। ‘महामारीका यसअघिको लहरको तुलनामा यो झन् धेरै खतरनाक हुन सक्ने देखिएको छ,’ कोभिड–१९ भेरियन्ट रिसर्च कन्सोटियममा सहअध्यक्ष समेत रहेका हानेकोम थप्छन्। उनी दक्षिण अफ्रिकामा डेल्टा भेरियन्टको संख्या न्यून भएको बेला ओमिक्रोन देखिएकाले ओमिक्रोनले डेल्टालाई उछिनेको भन्न नमिल्ने तर्क गर्छन्।

दक्षिण अफ्रिकामा देखिएका ओमिक्रोनको व्यवहार अन्य देशमा पनि हुने–नहुनेमा अझै प्रष्ट नभएको वैज्ञानिक तर्क छ। तर हार्भड मेडिकल स्कुलका डा। लेमिक्स नयाँ भेरियन्टले कस्तो प्रवृत्ति देखाउनेछ भन्ने विषयमा केही संकेत देखिइसकेको ठान्छन्। ‘अधिक जेनिटिक सिकेन्स गरेको बेलायतका अनुभवले के देखाउछ भने डेल्टाका तुलनामा ओमिक्रोनको प्रसारण अत्यधिक छ,’ उनी भन्छन्।

अमेरिकालगायत अन्य राष्ट्रमा केही अनिश्चितता देखिएको बताउँदै उनी थप्छन्,‘आगामी केही साता तथा महिनामा यो स्ट्रेनको वर्चश्व हुने देखिन्छ र संक्रमितको संख्यामा पनि बढोत्तरी आउनसक्छ।’ जनस्वास्थ्यका लागि यो भेरियन्टले के अर्थ राख्छ भन्नेमा अझै एकिन हुन सकेको छैन। अफ्रिका रिसर्च सेन्टरका हानेकोमका अनुसार यसअघि भेरियन्टको तुलनामा यो भेरियन्टले पुनः संक्रमण गर्न र प्रतिरोध क्षमतालाई छक्याउन सक्ने अधिक क्षमता राख्दछ। यसैगरी यो भेरियन्टले खोप नलगाएका युवालाई बढी संक्रमित गरेको र अस्पतालमा भर्ना भएकामध्ये मध्यम खाले लक्षण भएका अधिक देखिएको छ।

तर मायो क्लिनिकका निर्देशक विनिकर दक्षिण अफ्रिकामा भन्दा अन्य राष्ट्रमा भाइरसको व्यवहार फरक हुन सक्ने ठान्छन्। ‘प्रौढ जनसंख्या र अन्य रोगले ग्रसित युवामा संक्रमण बढेमा महामरीले कस्तो रूप लिन्छ भन्ने विषय महत्वपूर्ण छ। यसैगरी यस्ता बिरामीलाई यो भेरियन्टले कसरी प्रभाव पार्ला भन्ने पनि उत्तिकै महत्वपूर्ण छ,’ उनी भन्छन्।

आगामी दिनमा यी दुई भेरियन्टको प्रतिस्पर्धा झन् चर्कने पृष्ठभूमिमा वैज्ञानिकले आम जनसाधारणलाई सुरक्षित रहन सुझाव दिन्छन्। ‘खोपले दिने प्रतिरक्षामार्फत सबै सुरक्षित रहन आवश्यक छ र खोप नलगाएकाले यथासम्भव छिटो खोप लगाउनुपर्छ,’ हार्भड मेडिकल स्कुलका डा। लेमिक्स भन्छन्। ‘यदि सर्वसाधारणलाई बुस्टर डोज आवश्यक छ भने त्यो उपलब्ध गराउनुपर्छ। यसैगरी सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने तथा घरभित्र ठूलो जमघट नगर्नेतर्फ हाम्रो जोड हुनुपर्छ,’ उनी भन्छन्। नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.