भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ओलीको पूर्वमाओवादी मोहले खटपट


  • पुष १, २०७८
  • 476 Views
ओलीको पूर्वमाओवादी मोहले खटपट image

काठमाडौँ । एमालेभित्र १०औं महाधिवेशनपछि पूर्वमाओवादीलाई महत्व दिइएको छ। पार्टी नेतृत्वले सुरुदेखि नै एमाले भई काम गर्दै आएकालाई भन्दा माओवादी छाडेर आएका नेताहरूलाई महत्वका साथ जिम्मेवारी दिएको छ। वरीयताक्रम,कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनमा पूर्वमाओवादीलाई महत्व र जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गरिएको छैन। एमाले छाडेर माओवादीमा गएका र फेरि एमालेमै आएका नेताहरूलाई पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महत्व दिएका छन्।

अध्यक्ष ओलीले नवौं महाधिवेशनमा आफूलाई असहयोग गर्ने र दसौँ महाधिवेशनमा बखेडा निकाल्ने नेतालाई भन्दा चुपचाप बस्ने पूर्वमाओवादी नेतालाई पार्टी जिम्मेवारीमा उपल्लो स्थानमा राखेका छन्। ओलीले पार्टी उपाध्यक्षहरू विष्णु पौडेल,सुवास नेम्वाङ,सुरेन्द्र पाण्डेभन्दा माओवादीबाट आएका रामबहादुर थापालाई वरीयतामा माथि राखेका छन्। थापाले ओली प्रधानमन्त्री हुँदा उनको सरकारमा बसेर सहयोग गरेका थिए। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकताबाट बनेको नेकपालाई भंग गरिदिएपछि एमालेमै बसेका थापालाई ओलीले सुरुमा वाग्मती प्रदेशको इन्चार्ज दिएका थिए।

अहिले उनलाई एमालेका खारिएका नेतालाई भन्दा माथि राखेर जिम्मेवारी दिइएको छ। योगेश भट्टराई, गोकर्ण बिष्ट नवौं महाधिवेशनमै सचिव भएका थिए। अहिले वरीयतामा उनीहरूभन्दा माथि लेखराज भट्ट र टोपबहादुर रायमाझीलाई राखिएको छ। त्यतिमात्र होइन, छविलाल विश्वकर्मा वर्षौंदेखि एमाले संगठन निर्माणमा लागे पनि उनलाई अध्यक्ष ओलीले वरीयतामा पूर्वमाओवादीलाई भन्दा पछाडि राखेका छन्। भट्टलाई ओलीले सुदूरपश्चिम इन्चार्ज बनाएका छन्।

ओलीले पूर्वमाओवादीलाई महत्व दिएपछि एमाले पंक्तिमा असन्तुष्टि बढेको छ। ‘ओलीले भुइँको टिप्न खोज्दा खल्तीमा भएको सामानको बेवास्ता गरिरहेका छन्। यो उनको पुरानो रोग अहिले दोहोरिएको छ’, एमाले स्थायी कमिटीका एक सदस्यले भने, ‘आउने निर्वाचनमा पूर्वमाओवादीहरूको भोट लिन सहज हुने ठानेर ओलीले त्यसो गरेको हो भने त्यो झन् प्रत्युत्पादक हुनेछ।’ एमाले नवौं महाधिवेशनमा माधव नेपालसँग जोडिएका र फरक विचार राख्दै आएका नेताहरूलाई अध्यक्ष ओलीले पूर्वाग्रह राखेर कार्यविभाजन गरेका छन्। ओखलढुंगाका एमाले नेता छवि कार्कीको हत्या आरोप लागेका पूर्वमाओवादी बालकृष्ण ढुंगेललाई पोलिटब्युरो सदस्य बनाएपछि कार्यकर्ताले असन्तुष्टि जनाए पनि ओलीले बेवास्ता गरेका छन्।

दुई कार्यकाल केन्द्रीय सदस्य भएका यज्ञराज सुनुवार र किशोर अधिकारीलाई पोलिटब्युरो सदस्य नबनाई एमालेकै कार्यकर्ता हत्या आरोप लागेका पूर्वमाओवादी ढुंगेललाई पोलिटब्युरो सदस्य बनाउने ओलीको निर्णयप्रति कार्यकर्ता पंक्तिमा असन्तुष्टि बढेको छ। ओलीले एमालेमा उनको भन्दा फरक धारणा राख्नेलाई एक्लाउन थालेका छन्। उनीहरूप्रति ओली पूर्वाग्रही बनेका छन्। ओलीले पार्टी अध्यक्षका हैसियतले आफूले कसैलाई काखा र पाखा नगर्ने भने पनि कार्यविभाजन,वरीयताक्रम र मनोनयनमा पूर्वमाओवादीलाई प्राथमिकतामा राखेका छन्। ओलीले पार्टी केन्द्रमा मात्र होइन,जनवर्गीय संगठन,जिल्ला, प्रदेश कमिटीमा समेत यही नीति लागु गर्ने तयारी गरिरहेको एमाले नेताहरू बताउँछन्।

सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन गर्ने, प्रतिस्पर्धा नगराउने नीतिमा रहेका ओलीले पार्टीभित्र फरक धारणा राख्ने नेताहरूलाई कार्यसमितिमा ल्याए पनि जिम्मेवारी नदिईकन राख्ने संकेत गरेको नेताहरूले जनाएका छन्। ‘एमालेमा अहिलेको जिम्मेवारी बाँडफाँट हेर्दा चुपचाप सहनेबाहेक विकल्प छैन’,एक नेताले भने। केन्द्रीय कमिटीमै पनि पूर्वमाओवादी ४० जना छन्। ‘अहिले पार्टीमा पूर्वमाओवादीलाई चाहिनेभन्दा बढी महत्व दिइएको छ। बरु माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराएको भए संगठन सुदृढ हुन्थ्यो’, स्थायी कमिटीका ती सदस्यले भने। नागरिक दैनिकबाट ……

 


Thali Mobile Pvt.Ltd.