DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

औपचारिकतामा सीमित अमेरिकी प्रजातन्त्र


  • पुष १८, २०७८
  • 441 Views
औपचारिकतामा सीमित अमेरिकी प्रजातन्त्र image

काठमाडौं । प्रजातन्त्रका सबै अवस्था पूरा गर्न जटिल प्रणालीको आवश्यकता हुन्छ । जब त्यो प्रणाली नै प्रजातन्त्र असफल हुनुको कारण बन्छ, तब प्रजातन्त्र औपचारिकतामा मात्र सीमित रहन्छ । अमेरिकी प्रजातन्त्रका विशेषताहरू लत्याएर त्यो प्रणालीले प्रजातन्त्रलाई औपचारिकतामा मात्र सीमित बनाएको छ ।

एकातिर, अमेरिकी चुनावमा इलोक्ट्रोल कलेज प्रणालीले संरा अमेरिकी चुनावलाई दीर्घकालीन हिसाबमा औपचारिकतामा सीमित बनाएको छ । इलेक्ट्रोल चुनाव प्रणाली संरा अमेरिकी राष्ट्रपति चुनावमा लागु हुन्छ । अमेरिकी संविधान बन्दा ठुला र साना राज्यबीच सम्झौताको परिणामस्वरूप त्यस्तो चुनावी प्रणाली बनेको थियो । यो प्रणालीअन्तर्गत कुनै पनि राज्यका बहुमत मतदाताले कोही पनि उम्मेदवारको समर्थन पाउने कुराले त्यो उम्मेदवारले त्यो राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने इलेक्ट्रोलहरूको मत पाउने वा नपाउने कुराको निर्धारण हुन्छ ।

सरल शब्दमा भन्दा इलेक्ट्रोल कलेज प्रणालीलाई सारमा ‘जित्नेले सबथोक लाने’ प्रणाली भन्न उपयुक्त हुन्छ । इलेक्ट्रोल कलेज प्रणालीको कारण संरा अमेरिकामा धेरै पटक बालिग मताधिकार प्रयोग गर्ने मतदाताबाट उम्मेदवारले बहुमत प्राप्त नगर्दा पनि राष्ट्रपति चुनावमा विजय हासिल गरेका छन् । सन् १८६० मा अब्राहम लिङ्कनले कुल मतदाताको आधाभन्दा कम मत प्राप्त गरेको थियो । तर, इलेक्ट्रोल कलेजको चुनावी प्रणालीको आधारमा उनी राष्ट्रपति पदमा निर्वाचित भए ।

सन् १९१२ मा उद्रो वुडरो विल्सन पनि आफ्ना प्रतिस्पर्धीको तुलनामा झन्डै दस लाख मतले पछि परे पनि त्यही प्रणालीको आधारमा उनी राष्ट्रपति बने । अल्बर्ट गोरले जर्ज डब्ल्यु बुशको तुलनामा ५ लाख ३० हजार बढी मत प्राप्त गरे पनि चुनाव भने बुशले नै जितेका थिए । प्रमुख राज्यहरूको मतको आधारमा उनी चुनाव जित्न सफल भए । सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पले भन्दा २९ लाख बढी मत प्राप्त गरेका थिए । तर, पनि क्लिन्टन पराजित भइन् ।

कहिले यता, कहिले कता मत दिन प्रमुख राज्यहरू स्वीङ स्टेटले ती राज्यमा कुन उम्मेदवारले जित्ने हार्ने निधो गर्छन् । त्यस्ता अलमल राज्यहरूले कुन उम्मेदवारले २७० भन्दा बढी इलेक्ट्रोल मत हासिल गर्छ भन्ने कुरा प्रत्यक्ष निर्धारण गर्छ । त्यही भएर दुई दलका उम्मेदवारले सामान्यतः आफ्नो अधिकांश समय त्यस्ता कहिले यता र कहिले उता गर्ने राज्यहरूमा लगाउँछ । ती राज्यले नै चुनावको अन्तिम परिणामको निर्धारण गर्ने गर्छ ।

प्रजातन्त्रको सबभन्दा आधारभूत पक्ष भनेको प्रजातन्त्र र समानता हुन् । तर, इलेक्ट्रोल कलेज प्रणालीले खासमा प्रजातन्त्र र समानताको सिद्धान्तको लामो समयदेखि उल्लङ्घन गर्दै आएको छ । एकातिर, चुनावको प्रभावकारिता राज्यअनुसार फरक फरक हुन्छ । इलेक्ट्रोल कलेज प्रणाली सङ्घीय प्रणाली कायम राख्न बनाइएको व्यवस्था हो । इलेक्ट्रोल कलेज प्रणाली समग्रमा साना राज्यहरूको पक्षमा हुन्छ । यसले केही ठुला राज्यलाई भने विभेद गरेको हुन्छ ।

अर्कोतिर, फरक फरक राज्यमा मतदाताको मतको भार पनि फरक फरक हुन्छ । त्यसले पनि केही मतदातामाथि विभेद भएको देखिन्छ । मतदानको लागि योग्य मानिएका हरेक व्यक्तिलाई समान मान्नुपर्छ । त्यसकारण उनीहरूले हाल्ने मतको समान महत्व हुनुपर्छ । संरा अमेरिकामा बालिग मताधिकारको व्यवस्था भए पनि के त्यहाँ मतको भार ‘एक व्यक्ति, एक मत’ को प्रजातान्त्रिक सिद्धान्तअनुसार छ रु के इलेक्ट्रोल कलेज प्रणाली ‘अल्पमत बहुमतको मातहत हुने’ सिद्धान्त अनुसार छ रु फरक फरक राज्यको इलेक्ट्रोल मतले फरक फरक ढङ्गले मतदाताको चाहना अभिव्यक्त गरेको हुन्छ ।

इलेक्ट्रोल मतको आधारमा मात्र देशभरका जनताको चाहनालाई सही ढङ्गले अभिव्यक्त गर्न गा¥हो छ । यस्तो परिस्थितिमा के विजेता उम्मेदवारले वास्तवमै जनताको मत पाएको मान्न सकिन्छ रु सहज उत्तर–सकिन्न । अर्कोतिर, अमेरिकी राजनीति लामो समयदेखिको मुट्ठीभर शासक वर्गको नियन्त्रणमा छ । त्यसले पनि अमेरिकी प्रजातन्त्र औपचारिकतामा सीमित भएको देखिन्छ ।

अमेरिकी प्रजातन्त्रका पक्षधरहरू अमेरिकाले लागु गरेको बालिग मताधिकारको व्यवस्थाप्रति गौरव गर्ने गर्छन् । उनीहरू स्तरीय चुनावी प्रक्रियाले न्यायका आवश्यकता सुनिश्चित गर्नुका साथै चुनावमा सबैको समान अवसर प्रदान गर्नेमा विश्वास गर्छन् । बालिग मताधिकार प्रणालीले सबै मतदाताले स्वतन्त्र रूपमा आफ्ना प्रतिनिधि छान्ने र ती प्रतिनिधिले नै सार्वजनिक निकायहरू सञ्चालन गर्ने विश्वास गरिन्छ । तर, सर्वसाधारण मानिसले चुनावी अभियानमा हुने ठुलो खर्च व्यहोर्न सक्दैनन् ।

किनभने उनीहरूले थोरै मात्र चन्दा उठाउन सक्छन् । प्रजातान्त्रिक प्रणालीमा सहभागी बन्न धेरै पैसाको आवश्यकता पर्छ । सर्वसाधारण जनताको निम्ति अदृश्य तगारो हुने गरेको छ । त्यही भएर चुनावमा मतदान गर्नेबाहेक बहुमत सर्वसाधारण अमेरिकी जनतालाई अमेरिकी प्रजातन्त्रमा सामेल हुन निकै कठिन हुने गर्छ । धनीमानीहरूको मद्दत पाएका केही राजनीतिक शासकहरूले मात्र पार्टीबाट चुनावको लागि मनोनयनमा पर्ने गरेको हुन्छ ।

त्यही भएर अमेरिकी राजनीति लामो समयदेखि सीमित परिवार जस्तै रुजवेल्ट परिवार र बुश परिवारको हातमा कैद छ । अमेरिकी प्रजातन्त्र केही राजनीतिक शासकको लागि शक्तिको खेलसिवाय केही पनि होइन । समयक्रममा सर्वसाधारण जनतामा चुनावप्रति उत्साह कम हुँदै जान्छ । किनभने उनीहरूलाई आफ्नो मतले शासकहरूको मुट्ठीमा कैद अमेरिकी राजनीतिमा प्रभाव परिवर्तन गर्न सम्भव नभएको बुझ्दै जान्छन् ।

सारांश
आजको विश्वमा प्रजातन्त्र भनेको साझा मानवीय मूल्य हो । तथापि, मूल्यप्रतिको सर्वसहमतिको अर्थ यो मूल्य एकै तरिकाबाट मात्र प्राप्त गर्न सकिन्छ भन्ने होइन । अमेरिकी प्रजातन्त्रसँगै विभिन्न देशका प्रजातन्त्रका ढाँचाले राजनीतिक उपलब्धि अझ समृद्ध बनाएको छ । कुनै पनि देशमा प्रजातन्त्रको प्रगतिको लागि विदेशी सभ्यताका सकारात्मक पक्षबाट पनि पाठ सिक्न र त्यस्ता सिकाइलाई आफ्नो राष्ट्रिय परिस्थितिमा एकाकार गर्नुपर्छ ।

त्यसकारण कुनै पनि देशले अर्को देशको प्रजातन्त्रमाथि औँला तेर्साउनु ठीक होइन न त कुनै पनि देशलाई प्रजातन्त्र निर्यात गर्ने अधिकार नै छ । तर, संरा अमेरिकासँग आफ्नो प्रजातान्त्रिक प्रणालीलाई लिएर भ्रमपूर्ण आत्मविश्वास छ । उनीहरू अमेरिकी प्रजातन्त्र नै सबैलाई उपयुक्त हुने प्रणाली भएको ठान्छन् । संरा अमेरिका संसारभर प्रजातन्त्रबारे उपदेश दिंदै हिँड्छ र जबरजस्ती आफूले भनेजस्तो प्रजातान्त्रिक ढाँचा अङ्गाल्न लगाउँछ ।

यस्ता प्रयास पक्कै पनि अरू देशबाट बहिस्कृत हुन्छ किनभने यदि हामीले संसारमा एकैथरी मात्र प्रजातन्त्र भएको सोचाइ नै अप्रजातान्त्रिक वा प्रजातन्त्रविरोधी हो । विगतका अनुभवले संरा अमेरिकाले केही क्षेत्रमा प्रजातन्त्र निर्यात गर्न खोज्दा त्यहाँ समृद्धि र विकास ल्याउनुभन्दा नयाँ मानवीय सङ्कट सिर्जना भएको देखाएको छ । त्यसबाट संरा अमेरिकालाई कति पनि लज्जाबोध भएको छैन । बरु तथाकथित प्रजातन्त्र सम्मेलनको नाममा आफ्ना पक्षधर केही राज्य र क्षेत्रलाई एक ठाउँमा भेला गरेर आफ्नो घरभित्रको दुई दलबीचको झगडालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष ल्याएको छ ।

संरा अमेरिकाले प्रजातन्त्रको परिभाषा गर्ने अधिकारमा आफ्नो एकाधिकार जमाउने प्रयासस्वरूप प्रजातन्त्र सम्मेलनको आयोजना गरेको हो । प्रजातन्त्रको विषयमा संरा अमेरिका आफू न्यायाधीश बन्न चाहन्छ, उसले प्रजातन्त्रको नाम अघि सारेर एउटा गुट बनाउन चाहन्छ र अमेरिकी स्वार्थ र विचारधारामा आधारित विश्व व्यवस्था स्थापना गर्न चाहन्छ । वास्तवमा तथाकथित प्रजातन्त्र सम्मेलन सफल हुने कुनै आधार छैन किनभने अमेरिकी प्रजातन्त्रका सीमा र व्यवहारिक कमजोरी उजागर भइसकेका छन् ।

त्यसप्रतिको आकर्षण र उत्प्रेरणा क्रमशः क्षीण बन्दै गएको छ । आज धेरैभन्दा धेरै देश र जनता अमेरिकी प्रजातन्त्रप्रति सचेत बन्दै छन् । त्यसले अमेरिकी प्रजातन्त्रप्रति सकारात्मक प्रभाव पारेको छैन । सबै देशका जनताले आफ्नो परिस्थितिअनुसार प्रजातन्त्रको स्वतन्त्र विकास गर्न सक्छन् । आ–आफ्नो राजनीतिक विवेकलाई समृद्ध बनाउनुका साथै राजनीतिक उपलब्धिको विविधतालाई अझ शक्तिशाली बनाउन सक्छन् ।
समाप्त
नेपाली अनुवादः सुमन

मजदुुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.