भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बेमौसमी वर्षा : ७ करोड बढी काँचो ईटा नोक्सान


  • पुष १८, २०७८
  • 517 Views
बेमौसमी वर्षा  : ७ करोड बढी काँचो ईटा नोक्सान image

काठमाडौं । बेमौसमी वर्षाका कारण कपिलवस्तु रुपन्देही र नवलपरासी गरी ३ जिल्लाका ईटा उद्योगमा ७ करोड बढी काँचो ईटा नोक्सान भएको छ। गत पुस १४ गते परेको अबिरल बर्षाका कारण ३ जिल्लाका १ सय ७० ईटा उद्योगमा तयार गरिएको काँचो ईटा गलेर नोक्सान भएको हो।

कपिलवस्तु, रुपन्देही र नवलपासी गरी ३ जिल्लाको ईटा व्यवसायी संघका संयोजक थानेश्वर घिमिरेले अबिरल वर्षाले ८४ करोड बढी मुल्यका काँचो ईटा नोक्सान भएको दाबी गरे। ईटाको बीमा समेत नहुँदा आफूहरुले हरेक वर्षको वर्षाले नोक्सानी सहन बाध्य भएको गुनासो गरे।

कपिलवस्तुको बुद्धभुमी नगरपालिका– ८ स्थित सेभेन स्टार ईटा उद्योगका संचालक रुक बहादुर भुसालले भने, ‘खुला ठाउँमा ईटा उत्पादन गर्नुपर्छ, वर्षाले हरेक वर्ष नोक्सानी गर्छ।’ जोखिमपुर्ण ब्यवसाय भएकाले आफूहरु भगवानको भरोसामा बस्न बाध्य भएको उनले बताए। शिवराज नगरपालिकामा रहेको लोकप्रिय ईटा उद्योग सञ्चालक तथा उद्योग बाणिज्य संघ चन्द्रौटाका अध्यक्ष जमसेर अली मियाले बर्षाले उद्योगमा ६ लाख बढी काँचो ईटा नोक्सान भएको बताए। नागरिक दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.