भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कठ्यांग्रिँदै चुरेका विस्थापित


  • पुष २०, २०७७
  • 618 Views
कठ्यांग्रिँदै चुरेका विस्थापित image

चौमाला, कैलाली । छोरी जन्मेको एक महिना पुगेको थिएन, पहिरोले घर भत्काइदियो । त्यसपछि २४ वर्षीया भावना कार्कीको बसाइ त्रिपालमुनि छ । छोरी अहिले सात महिनाकी भइन् । एक सातादेखि ज्वरो आएको छ । लगातार बान्ता गरिरहेकी छन् । औषधिमूलोका लागि उनीसँग पैसा छैन । पुसको चिसोमा उनलाई छोरी जोगाउन मुस्किल भएको छ । कैलालीको गौरीगंगा–१ को वन छेउमा बसेका चुरे पहिरोपीडित ।

गत साउन १४ देखि ६ दिनसम्म अविरल वर्षा हुँदा चुरे गाउँपालिकाको गौजन बस्तीमाथि पहिरो गएको थियो । भदौसम्म स्कुलमा बसेका गौजन र ववडी गाउँका २३ परिवार असोजमा भीमदत्त राजमार्गको सहजपुर सडक खण्ड छेउमा त्रिपाल टाँगेर बसेका थिए । गत मंसिर २७ मा चुरे गाउँपालिका ३, ४, ५ र ६ का करिब १ सय ५० पहिरोपीडित एकीकृत भई तराई झरे । उनीहरू गौरीगंगा नगरपालिका–१ पशुपति सामुदायिक वन छेउमा आएर बसेका छन् ।

यस अवधिमा भावना र उनको काखे बालक धेरै पटक बिरामी परे । केही दिनअघि मात्रै २ वर्षको छोरोलाई पनि ज्वरो आएको थियो । छोरो निको हुन नपाउँदै काखे छोरी फेरि थलिएकी छन् । आफन्तबाट एक हजार रुपैयाँ सापटी लिएर छोरोको उपचार गरेको उनले बताइन् । ‘त्यही हजार रुपैयाँ पनि तिर्न सकेको छैन,’ उनले भनिन्, ‘फेरि छोरीका लागि कोसँग हात थापौं रु’ ववडीकी सपना कार्की ३ महिनाको छोरा लिएर शिविरमा आइपुगिन् । चिसोले उनको छोरा पनि बिरामी परेको छ । सपनाको चार जनाको परिवार त्रिपालको बासमा छन् । दुई वर्षको जेठो छोरालाई पनि सन्चो छैन । शिविरमै बस्दै आएकी पुष्पादेवी कार्कीका दुई छोरालाई पनि चिसोले ज्वरो आएको छ ।

आजको कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.