भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कतारी राजकुमार अलथानीले अन्नपूर्ण हिमालको आरोहण


  • बैशाख ३, २०८०
  • 320 Views
कतारी राजकुमार अलथानीले अन्नपूर्ण हिमालको आरोहण image

काठमाडौं । कतारी राजपरिवारकी सदस्य शेखा अस्मा अलथानीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्।

कतारी राजकुमारी अलथानी प्रख्यात पर्वतारोही निर्मल ९निम्स० पुर्जासँगै अन्नपूर्णको चुचुरोमा शनिबार बेलुकी ४ बजे पुगेकी हुन्।विभिन्न तालिम सहित प्रशिक्षणपछि कतारी राजकुमारीले आरोहण गरेको एलिट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए।

कतारी राजकुमारी अलथानी पर्वतारोहणको क्षेत्रमा विश्व रेकर्ड कायम गरेका निर्मण पूर्जाको जन्मगाउँ अन्नपूर्ण–३ दानामा समेत भब्य स्वागत गरिएको थियो।एक महिना अगाडी दानामा आएकी राजकुमारी अलथानीले आरोहणका लागि आवश्यक पर्ने सम्पूर्ण तालिम सम्पन्न गरेपछि आरोहणमा सहभागी भएकी थिईन्।उनी अन्नपूर्ण हिमालको आरोहण गर्ने पहिलो कतारी महिला बनेकी छन्।

राजकुमारी अलथानीले विश्वको सर्वोच्च शिखर सगरमाथा, पाकिस्तान र चीनको सिमानामा अवस्थित ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’र ल्होत्से आरोहण गर्ने पहिलो कतारी महिलाका साथै अरवी देशबाट कञ्चनजङ्घा र मनास्लुको शिखरमा पुग्ने पहिलो महिला भएको एलिट एक्सपिडिसनले जनाएको छ।उनले विश्वका १४ हजार मिटर अग्ला चुुचराहरु पुरा गर्ने लक्ष्य सहित आरोहणमा सहभागी छन्।

अहिलेसम्म ८ हजार मिटर भन्दा माथिका १४ मध्ये ७ चुचुरो पार गरिसकेकी छिन्। १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ भने अरू पाकिस्तान र चीनमा छन्।यो सिजनमा एलिट एक्सपिडिसनबाट अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलास्डेयर स्कट म्याकेन्जीले अन्नपूर्ण आरोहण गरिन्।

म्याग्दीमा ८ हजार मिटर माथिका धौलागिरी र अन्नपूर्ण हिमाल पर्छ। फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले ७० बर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेका थिए। उनीहरूले सन् १९५० को जुन ३ अर्थात् २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए। पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) निर्मल पूर्जासँग आरोहणलाई विदेशीले सुरक्षित महसुस गर्ने गरेका छन्। नागरिक दैनिकबाट….

 

 


Thali Mobile Pvt.Ltd.