भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कतार जाने श्रमिकका लागि क्वारेन्टाइन र खोपको नयाँ मापदण्ड


  • आश्विन २१, २०७८
  • 575 Views
कतार जाने श्रमिकका लागि क्वारेन्टाइन र खोपको नयाँ मापदण्ड image

काठमाडाैं । कतारमा कोरोना संक्रमण दर नियन्त्रणमा आइरहेको बेला कतार सरकारले यही असोज २० गतेदेखि लागू हुने गरी कतार प्रवेश गर्ने श्रमिक तथा गैरश्रमिकका लागि अद्यावधिक ‘कतार ट्राभल एन्ड रिटर्न पोलिसी’ जारी गरेको छ । अद्यावधिक मापदण्डअनुसार दक्षिण एसियाका नेपाललगायत बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका तथा अन्य केही मुलुकबाट कतार यात्रा गर्ने यात्रुले शर्तसहितका प्रवेश मापदण्ड जारी गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका द्वितीय सचिव प्रविन भट्टराईले कतार प्रवेश गर्ने नेपाली श्रमिक तथा गैरश्रमिक नागरिकले नेपालमा मान्यता प्राप्त स्वास्थ्य संस्थामा पीसीआर परीक्षण गरी ७२ घण्टाभित्रको नेगेटिभ प्रमाणपत्र साथमा राख्नुपर्ने जनाएका छन् ।

कतार पहिलो पटक प्रवेश गर्ने यात्रुहरूले कतार सरकारको इतिहिराज वेबसाइटमा गई पीसीआर परीक्षणको प्रमाणपत्र, खोप लगाएको प्रमाणपत्र र अन्य आवश्यक कागजातहरु अपलोड गरी प्रिरजिस्ट्रेसन गर्नुपर्ने उल्लेख कतारको स्वास्थ्य मन्त्रालयले गरेको छ । कतारका नागरिक र बासिन्दाहरूका लागि प्रिरजिस्ट्रेसन अनिवार्य नभए पनि जनस्वास्थ्य मन्त्रालयले सहज यात्राका लागि सबै यात्रुलाई यो रजिस्ट्रेसन गर्न सिफारिस गरेको छ ।

नेपाली श्रमिकले आफ्नो मोबाइलमा इतिहिराज एप्लिकेसन डाउनलोड गरी क्रियाशील गर्नुपर्ने जनाइएको छ । यसका लागि अन्तर्राष्ट्रिय (नेपालको) सिम कार्डको समेत प्रयोग गर्न सकिने उल्लेख छ । कतार प्रवेश गर्नुअघि सबै नेपाली श्रमिकले कतारको जनस्वास्थ्य मन्त्रालयको वेबसाइट इतिहिराज वा सम्बन्धित एयरलाइन्सको अनलाइन बुकिङ फारममा उपलब्ध हुने प्रतिबद्धता पत्रमा आफ्नो विवरण भरेर हस्ताक्षर गरी यात्राको अवधिमा साथमा बोक्नुपर्ने नियम थप गरिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले फाइजर, मोडेर्ना, एस्ट्रजेनिका समूहका सबै खोप, जे एन्ड जे खोपहरूलाई निःशर्त स्वीकृत गरिएको छ । तर सिनोफार्म सिनोभ्याक, स्पुतनिकलाई भने सशर्त स्वीकृत गरिएको जनाएको छ । दुवै थरिका खोपको मात्रा पूरा भएको १४ दिनपछि मात्र यात्रा प्रयोजनका लागि मान्य हुने उल्लेख छ । सशर्त स्वीकृत गरिएका खोप लगाएका यात्रुहरूले ३० दिनभित्रको सेरोलोजी एन्टिबडी परीक्षणको पोजेटिभ रिजल्ट साथमा राख्नुपर्ने उल्लेख छ ।

स्वीकृत गरिएका खोपको मात्रा पूरा गरेका यात्रुहरूले खोपको प्रमाणपत्र अनिवार्य साथमा राखेर कतार प्रवेश गर्नुपर्ने भएको छ । सो प्रमाणपत्रमा अंग्रेजी वा अरबी भाषामा यात्रीको राहदानीमा उल्लेख भएको नाम, खोप लगाएको मिति, खोपको प्रकार र उपलब्ध भएसम्म खोपको लट नम्बर उल्लेख भए मात्र कतार प्रवेश गर्न पाइने छ । स्वीकृत गरिएका खोपको मात्रा पूरा गरेका यात्रुहरूले कतार प्रवेश गर्दा दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्ने छ । स्वीकृत गरिएका खोपको मात्रा पूरा नगरेका वा खोप नलगाएका यात्रुहरूले कतार प्रवेश गर्दा सात दिन होटल क्वारेन्टाइन बस्नुपर्ने नियम यथावत राखिएको छ ।

स्वीकृत गरिएका खोप नलगाएका भ्रमणका लागि आउने यात्रुहरूलाई कतार प्रवेशको अनुमति नदिइने जनाइएको छ । कतारमा कोभिड–१९ परीक्षणको शुल्क पीसीआर परीक्षण १६० कतारी रियल अर्थात लगभग चार हजार आठ सय, -यापिड एन्टिजेन्ट ५० कतारी रियल अर्थात एक हजार पाँच सय रुपैयाँ र सोरोलोजी एन्टीबडी परिक्षण ५० कतारी रियल अर्थात् एक हजार पाँच सय नेपाली तोकिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

आजको कारोबार दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.