भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कर्णालीको राजनीतिक तरंग बालुवाटार र खुमलटारसम्म, मुख्यमन्त्रीद्वारा प्रमुख सचेतक हटाइए


  • आश्विन २७, २०७७
  • 376 Views
कर्णालीको राजनीतिक तरंग बालुवाटार र खुमलटारसम्म, मुख्यमन्त्रीद्वारा प्रमुख सचेतक हटाइए image

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गर्नुभएको छ । शाहलाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको छ । शाहको कामकारबाही उचित नभएको भन्दै मुख्यमन्त्री शाहीले शाहलाई पदमुक्त गरेको जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले प्रदेश सभादलको विधानको धारा ९७० अनुसार पदमुक्त गरिएको र हालसम्म प्रमुख सचेतकको हैसियतले शाहले गरेको कामका लागि धन्यवाद दिनुभएको छ । पदमुक्त हुनुभएका शाह पूर्वएमालेका हुनुहुन्छ भने नेपाली पूर्वमाओवादीका हुनुहुन्छ । आइतबार सत्तापक्षकै सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णलीमा विवाद चुलिएको हो ।

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा कर्णाली प्रदेशको संसदीय दलमा आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कर्णालीमा उत्पन्न राजनीतिक तरंग बालुवाटार र खुमलटारसम्म पुगेको छ । नेकपा कर्णाली प्रदेशमा चुलिएको विवाद झन् उग्र हुने देखिएको छ । मुख्यमन्त्री शाहीविरुद्ध आइतबार दलका बहुमत सांसदहरुले अविश्वासको प्रस्ताव दलमा दर्ता गरेपछि प्रमुख सचेतक शाहले मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउनुभएको छ । तर शाहले बोलाउनुभएको बैठक बस्न नपाउँदै मुख्यमन्त्री शाहीले शाहलाई पदमुक्त गरेर सांसद सीता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको छ ।

शाहीले नियुक्त गरेको प्रमुख सचेतक नेपालीले कात्तिक ७ गते १० बजे बैठक बोलाउनुभएको छ । यसैबीच पदमुक्त गरिएका प्रमुख सचेतक गुलाबजंग शाहले प्रदेश सभादलको विधानअनुसार दलको बैठक राख्ने र यसलाई टुंगोमा पु¥याउने जिम्मेवारी आफ्नो काँधमा आएकाले तत्काल समस्याको समधान गर्ने बताउनुभयो । ब्याकडेटमा पत्र तयार गरेर जो गर्न खोजिएको छ त्यो गलत भएको भन्दै शाहले बहुमत सांसदको हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव दर्ता भएकाले पछाडि आफूलाई हटाएको पत्र बाहिर ल्याउनु विधि सम्मत नभएको बताउनुभयो । बैठक नरोकिने र आफ्नै अध्यक्षतामा बस्ने शाहको भनाइ छ । नेपाल समाचारपत्रबाट …..

 


Thali Mobile Pvt.Ltd.