भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कर्णालीको ‘लाइफ लाइन’


  • कार्तिक १६, २०७९
  • 286 Views
कर्णालीको ‘लाइफ लाइन’ image

कर्णाली । कर्णालीवासीको लाइफ लाइनको रूपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले गति लिन नसक्दा हुम्ला सडक सञ्जालमा जोडिन सकेको छैन्। कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै साढे ७ किलो मिटर सडकको ट्रयाक खुल्न बाँकी छ।

कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ। यो सडकको हिल्सा(हुम्ला खण्डको साढे ७ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको हुम्ला सडक विकास निर्माण कार्यदलका योजना प्रमुख अनुप पोख्रेलले बताए।

सरकारले गएको वर्ष ११ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । कर्णाली करिडोरको अधिकांश चट्टानी क्षेत्रको सडक ट्रयाक नेपाली सेनाले खोलेको हो।

सडकको उत्तर(दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको २ सय ६९ किलोमिटर सडक निर्माणको काम भइरहेको छ। यो आयोजना २०६९ चैत्र ८ बाट सुरु भएको थियो। आयोजना सुरु भएको दश वर्षसम्म साढे ७ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ।

हालसम्म २ सय ६१ किलो मिटर ट्रयाक खुलिसकेको छ। गत आर्थिक वर्षमा आयो जनाका लागि ३० करोड बजेट विनियोजन भएको थियो। आयाजनाको प्रगति भने ज्यादै न्युन अर्थात् ३८ प्रतिशत मात्र भएको निर्देशनालयले जनाएको छ।

यो आयोजनाका लागि चालु आव २०७९र८० का लागि सरकारले ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। नागरिक दैनिकबाट

 


Thali Mobile Pvt.Ltd.