भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कर्पोरेट ब्याडमिन्टन आजदेखि


  • असार ६, २०८०
  • 454 Views
कर्पोरेट ब्याडमिन्टन आजदेखि image

काठमाडौं । नवौं संस्करणको अन्नपूर्ण पोष्ट कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। असार ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अन्नपूर्ण मिडिया नेटवर्कका उपमहानिर्देशक विकास श्रेष्ठले जानकारी दिए।

‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। खेलाडी, प्रशिक्षक, निर्णायक र खेलप्रेमीको तीव्र प्रतिक्षा सकिएको छ’, उपमहानिर्देशक श्रेष्ठले भने, ‘प्रतियोगितामा दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने छ।’

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सात स्पर्धामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा कर्पोरेट हाउस, विभागीय टोली र सातै प्रदेशका खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा एक्जुकेटिभतर्फ पुरुष एकल र एक्जुकेटिभ पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ।

यस्तै खुलातर्फ पुरुष एकल, पुरुष डबल्स, महिला एकल, मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ। यस्तै कर्पोरेट डबल्समा कर्पोरेट हाउसका अध्यक्ष, महानिर्देशक, निर्देशक र प्रमुख कार्यकारी अधिकृत तहकाले प्रतिस्पर्धा गर्ने उपमहानिर्देशक श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा एक्जुकेटिभ पुरुष एकल, एक्जुकेटिभ पुरुष डबल्स र कर्पोरेट डबल्सतर्फका विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउने छन्। उपविजेताले ५० हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। यस्तै खुला पुरुष एकल, डबल्स, महिला एकल र मिक्स डबल्सका विजेताले ८० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुने खेलाडीले १५ हजार रुपैयाँ पाउने छन्।

ग्लोबल आईएमई बैंक मुख्य प्रायोजक रहेको प्रतियोगितामा होन्डा ग्राजिया, एभरेष्ट बैंक, डीएचआई, साल्ट ट्रेडिङ कन्सर्न, सगरमाथा लुम्बिनी इन्सुरेन्स, नामी कलेज, फुडमान्डु, एभी–ट्रेस, एग्रो फ्रुटलगायतले प्रायोजन गरेका छन्। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.