भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कर्मचारीको कोभिड बिदा घट्यो, अब सात दिन मात्र बिदा


  • माघ १२, २०७८
  • 456 Views
कर्मचारीको कोभिड बिदा घट्यो, अब सात दिन मात्र बिदा image

काठमाडौ. । कोभिड– १९ संक्रमित पदाधिकारी तथा कर्मचारीले पाउँदै आएको बिदा घटेको छ । कोभिड पुष्टि भई होम आइसोलेसनमा बसेका जुनसुकै सार्वजनिक संस्थानका पदाधिकारी तथा कर्मचारीले यसअघि १४ दिन बिदा पाउँदै आएकामा हालैको मन्त्रिपरिषद्को बैठकबाट सात दिनमा झारिएको हो ।तर, कोभिड संक्रमण भई अस्पताल भर्ना भएकाको हकमा भने डिस्चार्ज भएको तीन दिनसम्म बिदा दिइनेछ । त्यसका लागि अस्पतालको सिफारिस र कार्यालय प्रमुखको तोक चाहिन्छ । कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूले कोभिड परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्म बिदा पाउनेछन् ।

यसअघि कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीले चार दिन बिदा पाउँदै आएका थिए । मुलुकमा कोभिडको तेस्रो लहर तीव्र फैलिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्मचारीलाई कोभिड बिदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई परिपत्र गरेको छ । सोहीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले पनि सबै मन्त्रालय, सचिवालय, आयोग, प्रतिष्ठान, विभाग, ७७ वटै जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहमा परिपत्र गरेको छ ।

यो व्यवस्था सरकारी तथा अर्धसरकारी निकायमा लागू हुनेछ । त्यसका लागि कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने हुन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले संक्रमण भएपछि सामान्यतया सात दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बिदा घटाइएको बताए । यसअघि कम्तीमा १४ दिन आइसोलेसन बस्नुपर्ने प्रावधान थियो । मन्त्रिपरिषद्को १० मंसिर ०७७ को बैठकले कोभिड बिदाको निर्णय गरेको थियो ।

तर, ३० पुसको मन्त्रिपरिषद् बैठकले बिदा घटाएको हो । सामान्यतया निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँछन् । कोभिड बिदा भने संक्रमितको बिदा वा सञ्चिति बिदाबाट कट्टी हुनेछ । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.