भर्खरै : Sorry, your browser does not support inline SVG.
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, बीपी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा बन्द | मुक्ति घोषणा भएको चार वर्ष स् हरवाचरवा समुदाय पहिचानबाट वञ्चित | भारी वर्षाको चेतावनी, २३ जिल्ला रेड अलर्टमा | मनसुन जोखिम बढेपछि निजी हेलिकप्टर, ड्रोन र र्‍याफ्टिङ तयारीमा राख्दै सरकार | सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कर्मचारीमा संक्रमण बढ्न थालेपछि प्रशासनिक सेवा पनि प्रभावित हुँदै


  • पुष ३०, २०७८
  • 530 Views
कर्मचारीमा संक्रमण बढ्न थालेपछि प्रशासनिक सेवा पनि प्रभावित हुँदै image

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा । मन्त्रीहरू पनि कोही आइसोलेसनमा, कोही कन्ट्याक्ट ट्रेसिङमा । मन्त्रिपरिषद्का नियमित दुई बैठक बस्न सकेन । कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रका प्रमुख सचिव रामप्रसाद थपलिया संक्रमित । केन्द्रको बैठक बस्न सकेको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगाना र आपूर्तिसचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ ।
मुख्यसचिव शंकरदास बैरागीदेखि परराष्ट्रसचिव भरतराज पौड्यालसम्म कन्ट्याक्ट ट्रेसिङमा । सिंहदरबारभित्र कैयौँ कर्मचारी संक्रमित भए पनि एकीकृत तथ्यांक छैन ।

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्कालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सर्वोच्चकै मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र अन्य आठजना कर्मचारी पनि संक्रमित भएका छन् । महालेखापरीक्षक कार्यालयका ६–७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल पनि संक्रमित भएर आइसोलेसनमा छन् । अध्यागमन विभागमा आठजनामा संक्रमण पुष्टि भएको छ ।

कोभिड संक्रमण बढ्दै जाँदा सरकारी सेवा नै प्रभावित हुन थालेको छ । संक्रमण तीव्र गतिमा फैलिन थालेपछि यसले नीतिगत तहदेखि नागरिकलाई सार्वजनिक सेवा प्रवाह गर्ने निकायसम्ममा प्रभावित गरेको छ । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा नै आइसोलेसनमा छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड संक्रमण पुष्टि भएपछि उनीसँगै बैठकमा सहभागी भएका देउवा पनि आइसोलेसनमा बसेका हुन् ।

प्रधानमन्त्री स्वयं आइसोलेसनमा रहेका र मन्त्रीहरू पनि कोही आइसोलेसनमै रहेका तथा कोही कन्ट्याक्ट ट्रेसिङमा परेकाले मन्त्रिपरिषद् बैठक नै बस्न सकेको छैन । २१ पुसयता मन्त्रिपरिषद् बैठक बस्न नसकेको हो । एक सातामा मन्त्रिपरिषद्का दुईवटा नियमित बैठक बस्ने चलन छ । विभिन्न सरकारी कार्यालयका शीर्ष तहका कर्मचारीहरूमा पनि कोरोना संक्रमण देखिन थालेको छ । कोभिड संक्रमण नियन्त्रणको समन्वय गर्ने कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रका प्रमुख सचिव रामप्रसाद थपलिया नै संक्रमित भएका छन् ।

प्रमुखलाई नै संक्रमण पुष्टि भएका कारण केन्द्रको बैठक बस्न सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगाना र वाणिज्य तथा आपूर्तिसचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ । मुख्यसचिव शंकरदास बैरागीदेखि परराष्ट्रसचिव भरतराज पौड्यालसम्म कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । संक्रमण तीव्र बन्दै जाँदा सिंहदरबारभित्रै कैयौँ कर्मचारी संक्रमित भएका छन् । संक्रमितको एकीकृत तथ्यांक भने आएको छैन । पाँच हजारजना कर्मचारी रहेको सिंहदरबारमा संक्रमित बढिरहँदा सेवा नै प्रभावित भएको छ ।

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्कालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सर्वोच्चकै मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र अन्य आठजना कर्मचारी पनि संक्रमित भएका छन् । महालेखापरीक्षक कार्यालयमा संक्रमण फैलिएको छ । ६–७ जनामा संक्रमण पुष्टि भएको कार्यालयका एक कर्मचारीले बताए । त्यस्तै, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल पनि संक्रमित भएर आइसोलेसनमा छन् । अध्यागमन विभागमा पनि आठजनामा संक्रमण पुष्टि भएको छ । नयाँ पत्रिका दैनिकबाट…..

 

 


Thali Mobile Pvt.Ltd.