भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा !


  • जेष्ठ २१, २०७९
  • 365 Views
कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा ! image

काठमाडौं । भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ । सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा रहेको हुन सक्ने आशंका गरेको र अनुसन्धानअघि बढाएको भन्दै भारतीय सञ्चार माध्यम इन्डिया टुडेले उल्लेख गरेको छ ।

सो घटनाको अनुसन्धानका क्रममा भारतीय प्रहरीको टोली नेपालको पूर्वी सीमा नाका हुँदै नेपाल आएको दाबी गरिएको छ । सो विषयमा नेपाल प्रहरीले भने मुख खोलेको छैन । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले भारतीय प्रहरीको टोली मुसेवालाको हत्यारा खोज्न नेपाल आएको ’bout जानकारी नभएको बताए । ‘सो विषय नेपाल प्रहरीको जानकारीमा छैन,’ प्रहरी प्रवक्ता केसीले राजधानीसँग भने । भरतीय प्रहरीले भने पक्राउ परेका दुई जनाको बयानका आधारमा अनुसन्धानलाई नेपालतर्फ डो¥याएको दाबी गरिएको हो ।

मुसेवाला मारिएको दुई दिनपछि गत मंगलबार पन्जाब प्रहरीले पवन विष्णुई र खानलाई नामक दुई युवालाई पक्राउ गरेको थियो । पक्राउ परेका ती दुई व्यक्तिमार्फत मुसेवालालाई गोली हान्ने सुटरसँग जोडिएका व्यक्ति नेपालमा रहेको क्लु भारतीय प्रहरीले पाएको दाबी गरिएको छ । आइतबार पन्जाबको मानसा जिल्लास्थित जवाहर्के गाउँमा अज्ञात व्यक्तिले मुसेवालाको गोली हानी हत्या गरेका थिए । पन्जाब सरकारले उनको सुरक्षा फिर्ता लिएको एक दिनपछि उनको हत्या भएको थियो ।

घटनाका आक्रमणकारी खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेको गोप्य सूचनाका आधारमा दिल्ली प्रहरीको टोली शुक्रबार नेपाल आइपुगेको इन्डिया टुडेले उल्लेख गरेको छ । मुसेवालाको हत्यामा संलग्न भएको आशंकामा कुख्यात लागूऔषध तस्कर मनप्रित सिंहलाई सुरुमा नै पक्राउ गरेको थियो । उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका बेला अन्य दुई व्यक्तिसमेत पक्राउ परेका हुन् । हत्याको जिम्मेवारी भने क्यानाडाको लरेन्स विस्नोई ग्याङले लिइसकेको छ ।

भारतको एक टिभी च्यानलमार्फत सो ग्याङकातर्फबाट सचिन थपन नामक व्यक्तिले घटनाको जिम्मेवारी लिँदै सिद्धूको हत्या आफ्नो समूहले गरेको दाबी गरेका थिए । उनले ‘पब्लिसिटी स्टनट’ वा ‘असुली’का लागि नभई पन्जाबका युवा नेता बिक्की मिदुखेराको हत्यामा संलग्नलाई सेल्टर दिएको बदला लिन मुसेवालाको हत्या गरिएका भनेका हुन् ।

राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.