DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

काठमाडौंका सडकमा २ हजार आधुनिक बत्ती


  • मंसिर २६, २०७७
  • 945 Views
काठमाडौंका सडकमा २ हजार आधुनिक बत्ती image

काठमाडौं । काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ती जडान कार्य अघि बढाइने भएको छ । पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करिब १७ करोड रुपैयाँको लगानीमा २ हजार आधुनिक बत्ती जडान कार्य अघि बढाउने सहमति भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा मन्त्रालयमा भएको सहमतिमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ ।

उक्त परियोजनामा काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने भएको छ । जसमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी हुनेछ । सहमतिअनुसार लागत अनुमान तयार गर्ने, प्रविधिको छनोट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्नेलगायतका कार्य नेपाल विद्युत् प्राधिकरणले गर्नेछ । सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडकलगायत आवश्यकताअनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिनेछ ।

आयोजनाको निर्माण कार्यपश्चात् मर्मत गर्नुपर्ने सडक, फुटपाथलगायतको मर्मत कार्य पनि सडक विभागले गर्नुपर्नेछ । सहमतिपत्रमा हस्ताक्षर गर्ने क्रममा मन्त्री नेम्वाङले संघीय राजधानीसमेत रहेको काठमाडौं महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियानअन्तर्गत यो योजना अघि बढेको उल्लेख गरे । काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको जनाए । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.