भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

काठमाडौं उपत्यकाका पोखरी नै गायब


  • श्रावण ९, २०८०
  • 236 Views
काठमाडौं उपत्यकाका पोखरी नै गायब image

काठमाडौं । अढाई सय वर्ष पुरानो लालमोहरमा उल्लेख भएअनुसार काठमाडौं उपत्यकामा रहेका पाँच पोखरी लोप भएका छन्। १८३३ सालको लालमोहरमा उल्लिखित चार पोखरी अहिलेसम्म काठमाडौंको कुनै कुनामा छैनन्। सबै पोखरी अतिक्रमण गरी घरैघर बनाइएका छन्।

२०४३ सालमै काठमाडौंका भिल्तुँ पोखरी, सिन्दुवाल पोखरी, कैटाहिटीमुनिको पोखरी, मिः मनजुको पोखरी र ईखापोखरी नजिकको पोखरी लोप भइसकेका थिए। तत्कालीन राजा वीरेन्द्रको निर्देशनबमोजिम २०४३ असोज १६ गते राजाको प्रमुख सचिवालयले हराएका पोखरी खोजी गर्न गुठी संस्थानलाई निर्देशन दिएको गुठीको अभिलेखमा उल्लेख छ ।

‘तीन महिनाभित्र हराएका चार पोखरीको खोजी गर्ने, ती पोखरी कहाँ के कस्तो स्थितिमा सञ्चालन भइरहेका छन्, भएमा प्रस्ट खुलाई तीन महिनाभित्र पेस गर्नू।’ राजाको निर्देशनपछि खोजी गुठी लगत तथा तहसिल कार्यालयमा रहेको १९४७ सालको लगतमै भिल्तुँ पोखरी बेपत्ता पाइएको र हालसम्म खोजी गर्दा पनि पत्ता नलागेको अभिलेखमा उल्लेख छ।

सिन्दुवाल पोखरी संवत् १९३० सालतिर तत्कालीन मोही डिट्ठा पदमनाथ उपाध्यायले दुई सय लगाई पुरी खेत बनाएको पाइएको थियो। यो स्थान तत्कालीन पश्चिम कमान्ड जर्नेल ९पकज० फत्यशमशेरका क्याम्प ९हालको प्रहरी प्रधान कार्यालय नक्साल०मा पर्ने रहेछ। राजालाई गुठीले लेखेको पत्रअनुसार कैटाहिटीमुनिको पोखरी एक रोपनी क्षेत्रमा फैलिएको थियो।

यो अन्डाकार पोखरीमा इँटको डिल लगाइराखेको र त्यो हाल कायमै छ। उक्त पोखरी साबिक काठमाडौं–१४ मा कित्ता नं १७ मा छ। इखापोखरी नजिकै पनि दुई पोखरी थिए। ती पनि अहिले अस्तित्वमा छैनन्।इखापोखरीदेखि उत्तरपूर्व ठहिटी टोलदेखि उत्तर ज्याठा–ठटोलदेखि पश्चिम, जेपी स्कुलदेखि दक्षिण क्षेत्रपाटीदेखि पूर्वका किल्लाभित्र साबिकको साःपोखरी भन्ने पोखरी भएको अभिलेख छ। तर हाल उक्त स्थानमा पोखरीको नामनिसान नै छैन। त्यहाँ हाल घरैघर मात्रै छन्।

उक्त पोखरीका सम्बन्धमा मालपोतको कार्यालयको फिल्डबुकमा व्यक्तिको नाममा जग्गा देखिन्छ। अभिलेखमा काठमाडौं–१७ कित्ता नं १३८९ को ८ आना २ पैसा २ दाम क्षेत्रफलमा विश्वचन्द्र, उद्योगचन्द्र, महेन्द्रचन्द्र, अष्टचन्द्र, प्रतापचन्द्रलगायतको नाममा जग्गा कायम भएको देखिएको छ।

२०३८ कात्तिक १ को निवेदन र २०३८ असारको सरजमिन मुचुल्काअनुसार जग्गा कायम गरी पोखरी कटाई जग्गा कायम गरेको पाइएको छ। ‘यस सम्बन्धमा मालपोत कार्यालयसँग सम्पर्क राखी कारबाही गरिँदै छ’ भन्ने गुठीको अभिलेखमा उल्लेख छ। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.