भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

काठमाडौं मतगणना अपडेटः वालेन्द्रले १७ हजारले लिड गर्दा तेस्रो स्थानमा झरे स्थापित


  • जेष्ठ ८, २०७९
  • 501 Views
काठमाडौं मतगणना अपडेटः वालेन्द्रले १७ हजारले लिड गर्दा तेस्रो स्थानमा झरे स्थापित image

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् । आइतबार बिहान ५ बजेसम्म साहले कांग्रेस र एमालेका उम्मेदवारलाई १७ हजारभन्दा बढीको मतान्तरले पछाडि पारेका छन् । त्यस्तै, मतगणनाका क्रममा लामो समय दोस्रो स्थानमा अग्रता लिइरहेका एमालेका उम्मेदवार केशव स्थापितलाई कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले उछिनेकी छन् ।

काठमाडौं महानगरमा आइतबार बिहानसम्म १ लाख ६ हजार ३ सय ५२ मत गणनाको अपडेट सार्वजनिक हुँदा वालेन्द्र साहले ३८ हजार ३ सय ३३ मत ल्याएका छन् । दोस्रो स्थानमा उक्लिएकी कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत ल्याएकी छन् । तेस्रो स्थानमा झरेका एमालेका केशव स्थापितले भने २१ हजार ८ मत ल्याएका छन् ।

सिर्जना सिंहले केशव स्थापितलाई २ सय ९१ को मतान्तरले पछि पारेकी छन् । वालेन्द्रले एमालेसँग १७ हजार ३ सय २५ को मतान्तर बनाएका छन् भने कांग्रेससँग १७ हजार ३४ को मतान्तर बनाएका छन् । काठमाडौं महानगरपालिकाको ८४ हजारभन्दा बढी मत गणना गर्न बाँकी छ ।

कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.