भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कायाकल्प पर्खिरहेको नेपाल एयरलाइन्स


  • आश्विन १९, २०८०
  • 314 Views
कायाकल्प पर्खिरहेको नेपाल एयरलाइन्स image

काठमाडौं । नेपाल वायु सेवा निगम अर्थात् नेपाल एयरलाइन्स नेपालको राष्ट्रिय ध्वजावाहक हो । तर यो ध्वजावाहक धुजाधुजा छ । ऋणैऋणको भारले थिचिएको छ । बजार खुम्चिएको छ । उडान कटौती भइरहेका छन् । आवश्यक मात्रामा जहाज छैनन् । ४८ अर्ब ३ करोड ऋणको भारले थिचिएको ध्वजावाहकलाई तंग्र्याउने उपाय तत्काल चाहिएको छ ।

२०५० सालयता ओरालो गतिमा हिँडिरहेको यो सरकारी स्वामित्वको संस्थानलाई उकास्ने उपायको खोजीस्वरूप पछिल्लोपटक एउटा समितिले केही सल्लाह र सुझाव दिएको छ । त्यसो त यसअघि पनि ८÷८ वटा समिति बनेका थिए । तिनका प्रतिवेदन कार्यान्वयन भएनन् । तिनले दिएको सुझाव पनि खास भिन्न छैन । पूरै कायाकल्प नगरी निगमको पुनर्जीवन सम्भव छैन । जसरी पहिला प्रतिवेदन धमिराको आहारा बनाइए फेरि पनि त्यसै नहोला भन्न सकिन्न ।

२०५० सालतिर ४ बोइङ, ३ एभ्रो, ११ ट्विनअटर र १ पिलाटस पोटर जहाज भएका निगम अहिले तन्नम अवस्थामा गुज्रिरहेको छ । अन्तर्राष्ट्रिय गन्तव्य १३ बाट ९ मा झरेका छन् । यसबीच कहिले धमिजा काण्ड त कहिले लाउडा अनि चेजएयरजस्ता काण्डहरूले निगमलाई चौपट पारे । ४७ अर्ब रुपैयाँको दीर्घकालीन ऋण त निगमले वर्षको ५ अर्ब रुपैयाँका दरले नाफा कमाउँदा पनि तिर्न १० वर्ष लाग्छ । २०१५ सालमा ३८ लाख रुपैयाँ लगानीबाट सुरु भएको संस्थाको आर्थिक वर्ष २०७८÷०७९ सम्मसम्म ४ अर्ब ९० करोड ऋणात्मक पुँजी छ ।

ध्वजावाहकलाई धुजाधुजा बनाएको राजनीतिक हस्तक्षेपले हो । सरकारले गर्ने सीधा नियुक्तिको साटो खुला प्रतिस्पर्धामा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० राख्ने र मन्त्रालयको सचिवलाई अध्यक्ष बनाउने पूर्वगभर्नर क्षेत्री संयोजकत्व समितिको सुझाव व्यावहारिक छ । अर्को रणनीतिक साझेदार भिœयाउने, निगमलाई कम्पनीमा लैजाने र व्यापक बजारीकरण गर्ने कुराले नै निगमको कायाकल्प हुन सक्छ । जहाज नथपी धरै छैन ।

अघिल्ला समितिबाट निजीकरणको पनि सुझाव नआएको होइन । त्यो सही विकल्प हुन सक्दैन । मुलुकसँग राष्ट्रिय ध्वजावाहक हुन जरुरी पनि छ । संसारका थुप्रै मुलुकका राष्ट्रिय ध्वजावाहकले प्रशस्त कमाएका प्रशस्तै उदाहरण छन् । हाम्रोमा चाहिँ स्वायत्त ढंगले चल्न नदिने अनि ध्वस्त पार्ने र फेरि कौडीको भाउमा सरकारी सम्पत्ति बेच्ने जुन प्रवृत्ति देखा प¥यो, त्यसले झन् भ्रष्टाचार मौलाएको हो । निजीकरण होइन, निजी क्षेत्रलाई पनि समावेश गरी स्वायत्त कम्पनीका रूपमा निगमलाई अघि बढाउनुपर्छ । अनिमात्रै निगमले उडान भर्छ । अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.