भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

किसानलाई भारतीय मलकै भर


  • श्रावण १३, २०८१
  • 223 Views
किसानलाई भारतीय मलकै भर image

भैरहवा, रौतहट, कपिलवस्तु र नेपालगन्ज । रूपन्देहीको कोटहीमाई–५ मझगावाँका अलिम पठान बिहानै साइकल चढेर मलको खोजीमा गाउँ चहार्छन् । स्थानीय सहकारीमा मल नभएको जवाफ पाएपछि भारतीय मलको खोजीमा सीमा क्षेत्रतर्फ जान्छन् । कहिलेकाहीँ गाउँमा ल्याइएको भारतीय मल खरिद गर्छन् ।

पठानले १० कट्ठामा धान रोपेका छन् । अहिले मल छर्ने बेला हो, मल नछरे बाला राम्रो लाग्दैन । भारतबाट मल किन्दा महँगो पर्छ । पठानका अनुसार गाउँमा सहुलियतको युरिया प्रतिबोराको ९ सय रुपैयाँ पर्छ । भारतबाट ल्याउँदा एउटै बोराको १ हजार ५ सय रुपैयाँ पर्छ । ‘सीमा वारिपारिका सुरक्षाकर्मीलाई चिया खर्च दिनुपर्छ,’ उनले भने, ‘त्यसमा २र३ सय रुपैयाँ खर्च हुन्छ ।’ भारतबाट डीएपी मल ल्याउँदा प्रतिबोरा २ हजार ७ देखि ३ हजार ५ सय रुपैयाँ खर्च हुने गरेको पठानले सुनाए । स्वदेशमै उपलब्ध भए डीएपीलाई किसानले २ हजार ३ सय ५० रुपैयाँभन्दा बढी तिर्नुपर्दैन ।

कोटहीमाई–५ कै सुवासचन्द्र यादव धान खेतीका बेला सधैं मल अभाव हुने गरेको बताउँछन् । ‘डीएपी मल चाहिएको बेला स्थानीय सहकारीमा युरिया उपलब्ध हुन्छ । युरिया चाहिएको बेला डीएपी आइपुग्छ,’ उनले भने, ‘तर कहिल्यै पर्याप्त आउँदैन ।’ सीमापारि पुगेर मल ल्याउन आफूहरू बाध्य बनेको यादवले बताए ।

उनका अनुसार जिल्लाका सीमावर्ती मात्र नभएर उत्तरी क्षेत्रका किसान पनि भारतीय मलमै निर्भर छन् । ‘तर सीमा पारि जाँदा भारतीय सीमा सुरक्षा बलले सताउँछ र वारि आफ्नै प्रहरीको निगरानीमा परिन्छ,’ उनले भने । कोटहीमाई–५ की सर्वदादेवी मौर्यले आफ्नो गाउँका कसैले पनि पर्याप्त मल नपाएको सुनाइन् । ‘यहाँ एक सय बोरा चाहिएको हुन्छ, सहकारीमा २० बोरा आउँछ,’ उनले भनिन् ।

किसानहरू मलको खोजीमा बिहानै सीमा क्षेत्र पुग्छन् । बिहान १०र११ बजेतिर उनीहरू साइकल र मोटरसाइकलमा मलका बोरा बाँधेर फर्किरहेका देखिन्छन् । स्थानीय प्रशासनको आँखा छल्नुपर्ने भएकाले उनीहरू ग्रामीण नाकाबाट ओहोरदोहोर गर्छन् ।

आखिर कहाँ जान्छ रासायनिक मल ?
किसानले पर्याप्त मल नपाइरहेको बेला कृषि सामग्री कम्पनीले भने मल मौज्दात रहेको बताउने गरेको छ । लुम्बिनी प्रदेशमा मल आपूर्ति गर्दै आएको भैरहवास्थित कृषि सामग्री कम्पनीमै आइतबारसम्म युरिया ५ हजार ७ सय ९८ र डीएपी मल ३ हजार ७ मेट्रिक टन मौज्दात रहेको सूचना अधिकारी सुमन पन्थीको भनाइ छ ।

कपिलवस्तु–६ बर्मेलीका अनिल क्षेत्रीले तीन साताअघि धानको बीउ राख्दा डीएपी मल खोजे तर पाएनन् । अहिले धान रोप्ने कि नरोप्ने तनावमा छन् उनी । यशोधरा–६ रंगपुरका हरिद्वार यादवले धान खेतीलाई मल कसरी जोहो गर्ने भन्ने समस्यामा छन् । कृषि सामग्री कम्पनी तौलिहवा शाखाले असारसम्म ६ सय ५४ मेट्रिकटन युरिया र ७ सय ६६ मेट्रिकटन डीएपी वितरण गरेको छ ।

‘अब मौज्दात छैन,’ कृषि सामग्री तौलिहवा निमित्त शाखा प्रबन्धक शोभा न्यौपानेले भनिन्, ‘वितरण भएर लैजान बाँकी मात्र छ । दुईरतीन सातापछि फेरि मल उपलब्ध हुन्छ ।’ खेतमा व्यस्त हुनुपर्ने बाँकेका किसान मल खोज्न कहिले कृषि सामग्री त कहिले साल्ट ट्रेडिङको कार्यालय धाउन बाध्य छन् ।

नेपालगन्जस्थित कृषि सामग्री कम्पनीका प्रमुख पुष्पराज श्रेष्ठले जिल्लामा मल अभाव नहुने दाबी गरे । कृषि सामग्री कम्पनीमा गत सोमबारसम्म युरिया ३ सय ५७, डीएपी ४ सय २४, पोटास ३।२ मेट्रिकटन मौज्दात रहेको उनले जनाए ।

रौतहटको राजपुर–४ का सुकदेव साहले गत सोमबार भारतको चैनपुर पुगेर साइकलमा दुई बोरा मल ल्याउँदै थिए, सुरक्षाकर्मीको जाँचमा परे । स्थानीय बजारमा मल खरिद गरेको भनेर उम्किए । ‘खेतीका बेला गाउँमा युरिया मल पाइँदैन,’ उनले भने, ‘बल्लतल्ल साइकलमा ल्याएँ । तैपनि पुलिसले पक्राउ गरेर कारबाही गर्ला भन्ने चिन्ता ।’

मधेश प्रदेशका अधिकांश किसानको पीडा साहकै जस्तो छ । भारतमा युरिया मल प्रतिबोरा ६ सय ४० रुपैयाँ पर्छ । त्यही मल तस्करी गरेर ल्याउनेले १ हजारदेखि १५ सय रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरका निमित्त प्रमुख गोविन्द घिमिरे भने विगतमा जस्तो यसपटक जिल्लामा मल अभाव नहुने दाबी गर्छन् । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.