भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कुखुरा, हाँस र बट्टाईमा पुनः बर्डफ्लु


  • चैत्र १८, २०७७
  • 848 Views
कुखुरा, हाँस र बट्टाईमा पुनः बर्डफ्लु image

ललितपुर । कुखुरा, हाँस र बट्टाईमा पुनः बर्डफ्लु देखा परेको छ । ललितपुरको नख्खुमा कृषकले पालेका पन्छीमा परीक्षण गर्दा बर्डफ्लु देखिएको हो । बर्डफ्लु देखिएपछि ५ सय १६ हाँस, ८ सय ५४ स्थानीय कखुरा, १ सय ५४ बट्टाई, ९ सय ४४ अण्डा र ३ सय ३५ किलो दाना नष्ट गरिएको पशु सेवा विभागले जानकारी दिएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण रूपमा निःसंक्रमण गरिएको छ ।

गत माघदेखि काठमाडौं, सुर्खेत र जाजरकोटमा बर्डफ्लु देखिएको थियो । विभिन्न ठाउँमा बर्डफ्लु देखा परेपछि विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अलम्बन गर्न, पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमित रुपमा निःसंक्रण गर्न तथा व्यक्तिगत सरसफाइमा आग्रह गरेको छ ।

घरपालुवा पन्छीलाई जंगली पन्छीको सम्पर्कमा आउन नदिन तथा खुला रुपमा गरिने पन्छीपालनलाई निरुत्साहित गर्न पनि विभागले भनेको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र लिन र पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा नजिकको पशु सेवा निकायमा जानकारी दिन विभागले सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

कुखुरामा बर्डफ्लु देखिए पनि राम्ररी पकाएर मासु उपभोग गर्दा स्वास्थ्यमा असर पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । बर्डफ्लु देखिए पनि बजारमा कुखुराको मासुको मूल्य बढेको छ । उत्पादन कम भएकाले मूल्य बढेको व्यवसायीको भनाइ छ । बजारमा अहिले कुखुराको मासु प्रतिकिलो चार सय रुपैयाँ पुगेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.