DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोरोनाको खोप नलगाउनेलाई सेवाबाट बन्चित गरिने


  • पुष २८, २०७८
  • 573 Views
कोरोनाको खोप नलगाउनेलाई सेवाबाट बन्चित गरिने image

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले कोरोना बिरुद्धको खोप लगाउन अटेर गर्नेलाई सामाजिक सुरक्षा भत्ता र उपभोक्ता समितिमा बस्न नदिने भएको छ। निःशुल्क खोप अभियानलाई समेत अविश्वास गर्ने, खोप बारेमा बुझाउन सञ्चालित सचेतनामुलक कार्यक्रमबाट समेत खोप लगाउन चासो नदिनेलाई गाउँपालिकाले थप अन्य सेवासुविधा समेत रोक्न सक्ने गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताइन्।

‘खोप नलगाएकालाई उपभोक्ता समितिमा बसेर काम गर्न पनि नदिने निर्णय भएको छ, अब पनि खोप लगाउन नचाहनेहरूलाई बाध्य बनाउँछौ’, अध्यक्ष पुन मगरले भनिन्। गाँउपालिकाले प्राथमिकतापूर्वक अभियान चलाइरहे पनि अन्धविश्वास, खोपबारे गलत सूचना, अचेतनाका कारण कोभिड–१९ विरुद्धको खोप लगाउन नगएपछि यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। कोरोना खोप नलगाउने अभिभावकलाई समेत विद्यालयको कार्यक्रममा सहभागी हुन दिइने छैन।

यता रघुगंगा गाउँपालिकाले समेत खोप नलगाएकालाई वडास्तरमै खोप अभियान सञ्चालन गर्ने जनाएको छ। गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले खोप कार्ड नभएकालाई गाउँपालिकाले सेवा प्रवाहमा कडाई गर्ने बताए। खोप लगाउन अटेर गर्नेहरुलाई वडास्तरबाट प्रदान गरिने सेवा समेत रोक्न आवश्यक पत्राचार गरिने छ। मंगलबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकमा जिल्लाभित्र खोप भएपनि स्थानीय तहमा अझै खोप लगाउन समेत इच्छुक नहुनेको संख्या रहेकाले खोप लगाउन बाध्य बनाउनुपर्ने सरोकारवाला निकायको जोड थियो।

स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जिल्लाभित्र अझै २ हजार डोज जोनसोन एन्ड जोनसोन खोप रहेको बताइएको छ। उनले पहिलो खोप लगाएर दोस्रो नलगाउने ग्रामिण क्षेत्रमै रहेकाले खोजी गरी खोप लगाउनुपर्ने बताए। जिल्लाभित्र स्थानीय तहले खोप अभियान सञ्चालन गरेमा व्यवस्थापन गर्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। बेनी अस्पतालका डा।देवान कार्कीले कोरोना विरुद्ध खोप लगाइसकेपछि शरीरमा उक्त भाइरसविरुद्ध लड्ने क्षमताको विकास हुने भएकाले अनिवार्य खोप अभियान नै कोरोना संक्रमणबाट जोगिन सकिने बताए।

सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

अब म्याग्दी जिल्ला भित्रका रहेका कार्यालय, होटलमा प्रवेश गर्दा पनि कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनु पर्ने भएको छ। आज बसेको डिसिसिएमसीको बैठकले होटल प्रवेश गर्दा अनिवार्य कोरोनाबिरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो। यो निर्णय सरकारी तथा गैरसरकारी संघसंस्थमा समेत कडाईका साथ लागु हुने छ।जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई आफ्नो परिचयसँग मिल्ने कोरोना लगाएको खोप कार्ड साथैम वा मोवाईमा भएपनि देखाएर मात्रै सेवा लिन निर्देशन दिइएको छ। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.