भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोरोना कालमा रेमिट्यान्स धेरै भित्रियो, रोजगारीमा जाने घटे


  • माघ २७, २०७७
  • 761 Views
कोरोना कालमा रेमिट्यान्स धेरै भित्रियो, रोजगारीमा जाने घटे image

काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’मा उल्लेख भएअनुसार समीक्षा अवधिमा रेमिट्यान्स दर ११ दशमलव १ प्रतिशतले बढेको छ ।

विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को त्रास हुनुअघिको अवस्थाभन्दा अहिले नेपाल भित्रिने रेमिट्यान्स रकममा निकै सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ९विप्रेषण आप्रवाह० शून्य दशमलव ६ प्रतिशतले मात्रै बढेको थियो ।

यसलाई अमेरिकी डलरमा हिसाब गर्दा नेपाल भित्रिने विप्रेषण आप्रवाह दर ६ दशमलव ७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव ९ प्रतिशतले बढेको थियो । रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढे पनि वैदेशिक रोजगारीमा जानेहरूको अवस्था भने यस अवधिमा निकै कमजोर देखिएको छ ।

चालु आवको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपाली कामदारको संख्या ७७ दशमलव ६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७ दशमलव ७ प्रतिशतले बढेको थियो ।

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ जाने नेपाली कामदारको संख्या यस अवधिमा ६८ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शून्य दशमलव ५ प्रतिशतले बढेको थियो । अहिले कोरोना महामारीको प्र्रभावका कारण वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

– ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स
– विदेशी मुद्राको सञ्चिति १५ खर्ब नजिक, १४ महिनाको वस्तु आयात धान्ने

यो अवधिमा विदेशी मुद्राको सञ्चिति १५ खर्ब नजिक पुगेको देखिन्छ । चालु आवको ६ महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ महिनामा ६ दशमलव ६ प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा कुल १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा गत पुस मसान्तमा ९ दशमलव ७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आवको बितेका ६ महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ दशमलव ९ महिनाको वस्तु आयात र १२ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने अनुमान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ३९।७ प्रतिशत, १०५।२ प्रतिशत र ३२।२ प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरू क्रमशः ३७।२ प्रतिशत, १०५।७ प्रतिशत र ३३।१ प्रतिशत रहेका थिए । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा गत पुस मसान्तमा ७।५ प्रतिशतले वृद्धि भई १३ खर्ब १८ अर्ब ६६ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक०सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकामा गत पुस मसान्तमा ०।४ प्रतिशतले कमी आई १ खर्ब ७५ अर्ब ९ करोड कायम भएको छ । गत पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३।७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३ दशमलव ५६ प्रतिशत छ । यसैगरी आयात ४।८ प्रतिशतले घटेको छ भने निर्यात ६।१ प्रतिशतले बढेको छ । यसैगरी मुलुकको शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको छ । संघीय सरकारको खर्च ४१५ अर्ब ७५ करेड रुपैयाँ र राजस्व परिचालन ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ छ । विस्तृत मुद्राप्रदाय ९।६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९।२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी ११ प्रतिशतले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर १५ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा चालु खाता ४९ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ६५ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ ।

खर्च तथा राजस्वको अवस्था
यस अवधिमा चालु खर्चतर्फ ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ ५० अर्ब ८२ करोड रुपैयाँ र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च २२ अर्ब ५७ करोड रुपैयाँ गरी कुल ४ खर्ब १५ अर्ब ७५ करोड खर्च भएको छ । यसैगरी समीक्षा अवधिमा सरकारको कर राजस्व ३ खर्ब ८६ अर्ब ५३ करोड रुपैयाँ र गैरकर राजस्वतर्फ ३५ अर्ब ७० करोड रुपैयाँ गरी कुल राजस्व ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत० परिचालन भएको छ ।

त्यसैगरी समीक्षा अवधिमा संघीय सरकारले ७ अर्ब रुपैयाँको ट्रेजरी बिल र ५० अर्ब रुपैयाँको विकास ऋणपत्र गरी कुल ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ । राजधानी दैनिकबाट……..

 


Thali Mobile Pvt.Ltd.