भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग | केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित | नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए | पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र | इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउने संख्या १७ पुग्यो | गोरु पाल्ने किसानलाई प्रोत्साहन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोरोना तेस्रो छालको एक महिना : ८७,३२९ सक्रिय संक्रमित, ३३३ क्रिटिकल केयरमा


  • माघ १६, २०७८
  • 624 Views
कोरोना तेस्रो छालको एक महिना : ८७,३२९ सक्रिय संक्रमित, ३३३ क्रिटिकल केयरमा image

काठमाडौ. । ओमिक्रोन भेरियन्टका कारण निम्तिएको कोरोनाको तेस्रो छालमा संक्रमण अनपेक्षित रूपमा बढे पनि बिरामी अस्पताल भर्ना र क्रिटिकल केयरमा पुग्ने अवस्था भने दोस्रो छालको तुलनामा नगन्य देखिएको छ । शनिबार ८७ हजार तीन सय २९ सक्रिय संक्रमित हुँदा देशभर तीन सय ३३ क्रिटिकल केयरमा रहेको सरकारी तथ्यांक छ ।

१६ पुसदेखि कोरोनाको तेस्रो छाल सुरु भएको थियो । त्यस दिन सक्रिय संक्रमित चार हजार आठ सय ७९ मात्र थिए । त्यसमध्ये दुई सय २८ जना अस्पतालमा थिए । आइसियूमा ८९ र भेन्टिलेटरमा २४ गरी एक सय १३ जना क्रिटिकल केयरमा थिए । तर, एक महिनाको अवधिमा सक्रिय संक्रमित १८ गुणाले बढ्दा क्रिटिकल केयरमा तीन सय ३३ बिरामी मात्रै छन् । दुई सय ८६ आइसियू र ४७ भेन्टिलेटरमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ८५ हजार ६ सय ३६ जना घरमै छन् भने एक हजार ६ सय ९३ जना मात्रै अस्पतालमा उपचाररत छन् । दोस्रो लहर बढ्दो क्रममा संक्रमितको संख्या यस्तै अर्थात् ८१ हजार हुँदा अस्पताल भर्नादर र क्रिटिकल केयरमा रहने बिरामीको संख्या धेरै थियो ।

छोटो समयमा तीव्र उकालो लागेको संक्रमणदर महिना दिनमै क्रमशः घट्न थालेको छ । शनिबार परीक्षण गरिएकामध्ये ३३ प्रतिशतमा मात्रै संक्रमण पुष्टि भएको छ । १४ हजार पाँच सय ६२ नमुना परीक्षण गरिएकामा चार हजार नौ सय चारमा संक्रमण पुष्टि भएको हो । केही दिनअघि संक्रमणदर ७० प्रतिशतसम्म पुगेको थियो । स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रवक्ता डा। कृष्ण पौडेल पिसिआर परीक्षण गराउनेको संख्या नै कम भएकाले संक्रमित पनि कम देखिएको बताउँछन् । तर, संक्रमणदर भने घट्दै गएको बताउँछन् ।

उपचाररत संक्रमित कति ?

टेकु अस्पतालको जेनरल वार्डमा शनिबार चार संक्रमित उपचाररत छन् । त्यस्तै, एचडियूमा १२, आइसियूमा सात र भेन्टिलेटरमा एकजनाको उपचार भइरहेको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा जेनरल वार्डमा दुई, एचडियूमा ५२ र आइसियूमा पाँच संक्रमित उपचाररत छन् । त्यस्तै, महाराजगन्जस्थित शिक्षण अस्पतालको जेनरल वार्डमा ६, एचडियूमा ९५, आइसियूमा १७ र भेन्टिलेटरमा १० संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीर अस्पतालको जनरल वार्डमा ६३, एचडियूमा ७५, आइसियूमा ३२ र भेन्टिलेटरमा पाँच संक्रमितको उपचार भइरहेको छ । त्यस्तै, नेपाल प्रहरी अस्पतालको जनरल वार्डमा ४६, एचडियूमा ५५ र आइसियूमा चार संक्रमितको उपचार भइरहेको छ । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.