भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘कोरोना बढ्यो, आइसियू र भेन्टिलेटर बढेनन्’


  • चैत्र ३०, २०७७
  • 739 Views
‘कोरोना बढ्यो, आइसियू र भेन्टिलेटर बढेनन्’ image

काठमाडाैं । कोरोना भाइरस कोभिड– १९ को दोस्रो छालको असर सुदूरपश्चिम प्रदेशमा पनि देखिएको छ । तर, सुदूरपश्चिममा कोरोना जोखिम बढे पनि आइसियू भेन्टिलेटर भने बढेका छैनन् । चिकित्सकले कोरोनाको दोस्रो छाल निकै जटिल खालको हुने भन्दै धेरैलाई आइसियू र भेन्टिलेटर आवश्यक पर्ने बताएका छन् ।

गत ८ चैतदेखि कञ्चनपुरमा कोरोना पजिटिभ हुने क्रम बढ्दो छ । भारतबाट आएकामा एन्टिजेन परीक्षण गर्दा सात नाकामध्ये कञ्चनपुरमा बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले पनि सुदूरपश्चिम उच्च जोखिममा रहेको देखाएको छ । तर, प्रदेशमा आवश्यक पर्ने आइसियू र भेन्टिलेटरको व्यवस्थापन भएको छैन ।

पहिलो छालमा पनि सुदूरपश्चिममा सघन उपचार कक्षको अभाव थियो । आइतबार भारतबाट नेपाल प्रवेश गरेकामध्ये ६४ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरू सबै कञ्चनपुरमा पुष्टि भएका हुन् । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार सुदूरपश्चिम प्रदेशमा हालसम्म चार सय ९४ जना संक्रमित पुष्टि भएका छन् ।

संक्रमितमध्ये ८७ जना अस्पतालमा छन् । तर, प्रदेशभरमा आइसियू २९ र भेन्टिलेटर २५ मात्रै छन् । कर्णाली प्रदेशमा ७७ जना संक्रमित घरमा र दुईजना अस्पतालमा छन् । यो प्रदेशमा पनि सघन उपचार कक्षको अभाव छ । कर्णाली प्रदेशमा ६२ आइसियू र २७ भेन्टिलेटर छन् । यता प्रदेश २ मा पनि उस्तै समस्या छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश २ मा आइसियूको संख्या ४८ र भेन्टिलेटरको संख्या २१ रहेको छ । तर, कोरोना संक्रमित एक सय ४० जना पुगिसकेका छन् । अघिल्लो वर्ष पनि प्रदेश नम्बर २ मा आइसियू र भेन्टिलेटर कम हुँदा धेरैले उपचार नपाएर मर्नुपरेको थियो । प्रदेश १ मा अहिले ७१ जना संक्रमित छन् ।

संक्रमितमध्ये एकजना आइसियूमा छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा एक सय १० आइसियू र ४० वटा भेन्टिलेटर कोरोनाका लागि राखिएको छ । बागमती प्रदेशमा आइतबारसम्म एक हजार चार सय ८५ जना आइसियू र दुई सय २१ जना अस्पतालमा भर्ना छन् । तथ्यांकअनुसार ५२ जना आइसियू र १४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

बागमती प्रदेशमा पाँच सय ५६ बेड आइसियू र दुई सय ५५ भेन्टिलेटर छन् । गण्डकी प्रदेशमा तीन सय ९२ संक्रमित घरमा र ४६ जना अस्पतालमा उपचाररत छन् । गण्डकी प्रदेशमा अहिले दुई सय ३६ आइसियू र ६९ भेन्टिलेटर छन् । यता लुम्बिनी प्रदेशमा आइतबारसम्म तीन सय ६९ जना संक्रमित घरमा बसेका छन् भने ३७ जना विभिन्न अस्पतालमा छन् ।

त्यति मात्रै होइन, प्रदेशमा अहिले ३४ जना संक्रमित आइसियूमा भर्ना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशमा एक सय १७ आइसियू र ३९ वटा भेन्टिलेटर छन् । यो समाचार नयाँ पत्रिकामा छ ।

 


Thali Mobile Pvt.Ltd.