भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन जारी


  • भाद्र २६, २०८१
  • 288 Views
कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन जारी image

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको मंगलबारबाट सुरु गरेको आमरण अनशन जारी छ। विराटनगरको देवकोटा चोकमा दोस्रो दिन बुधबार पनि अनशन जारी रहेको हो। कार्कीले केही समर्थको साथमा अनशनलाई निरन्तरता दिएका छन्। प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिरनजिक निषेधित क्षेत्रभित्र आमरण अनशन सुरु गरेका उनलाई मंगलबार राति प्रहरीले हटाएको थियो।

प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राख्दै उनलाई बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित घरमा लगेर छाडेको थियो। पछि फर्किएर आएका उनले निषेधित क्षेत्रभन्दा बाहिर अनशन सुरु गरेका थिए। निषेधित क्षेत्रको अनशन हटाउने क्रममा कार्कीका समर्थक र सुरक्षाकर्मीबीच झडपसमेत भयो। त्यस क्रममा नियन्त्रणमा लिइएका १५ जना समर्थकलाई प्रहरीले राति नै छाडिदिएको छ।

निषेधित क्षेत्रबाट हट्नका लागि ‘माइकिङ’ गरेर आग्रह गर्दा पनि नमानेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो। अहिले पनि अनशनस्थल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ। कार्कीको अनशनमा नेपाली कांग्रेसको डा। शेखर कोइराला पक्षधर प्रदेश सांसद तथा नेता कार्यकर्ताले साथ दिएका थिए।

कार्कीको अनशनलाई लक्षित गरेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा लगाइएका स्थानमा मंगलबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, ¥याली, धर्ना, प्रदर्शनीलगायतका विरोधजन्य कार्य गर्न रोक लगाइयो। सर्वसाधारण तथा सवारीसाधन आवतजावतमा भने रोक लगाइएको थिएन।

विराटनगरलाई केन्द्रविन्दु बनाई हुनसक्ने अनशनलगायत विरोधका कार्यक्रमलगायतका गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उल्लेख गरेका छन्।

भट्टराईका अनुसार प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवास वरिपरि ३ सय मिटर, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३ सय मिटर र जिल्ला प्रशासन कार्यालय मोरङ डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको हो।

तर, समर्थकसहित पुगेका कार्कीले आफू मुख्यमन्त्री भएको बेला सुरु गरेका महत्वपूर्ण र जनउत्तरदायी कार्यक्रमहरु अहिलेको सरकारले कटौती गरेको भन्दै निषेधाज्ञाको उल्लंघन गरेर अनशन सुरु गरेका थिए। उनले विभिन्न ९ बुँदे मागहरु अघि सारेका छन्।

कार्कीले विशिष्टीकृत सेवासहित १० वर्षमुनिका बालबालिकाकाको निःशुल्क उपचार कार्यक्रमलाई नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र संचालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग राखेका हुन्।

आफ्नो नेतृत्वमा सरकार हुँदा संचालन गरिएका कार्यक्रम सरकारले कटौती गरेको भन्दै कार्कीले विरोध गरिरहेका छन्। सरकारले भने कार्कीले भनेका कतिपय कार्यक्रम निरन्तर रहेको र कतिपय सरकारको क्षमताले नभ्याउने भएकोले कटौती गरेको बताउँदै आएको छ।

कार्कीका प्रेस सल्लाहकार देवनारायण साहले माग सम्बोधन नभएसम्म अनशन जारी रहने बताए। माग सम्बोधन भएर विषय नटुंगिएसम्म अनशनलाई निरन्तरता दिने कुरा कार्कीले गरेको साह बताउँछन्। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.