भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

खसीबोका बिक्री आजदेखि खुला


  • आश्विन १२, २०७९
  • 219 Views
खसीबोका बिक्री आजदेखि खुला image

काठमाडौँ, असोज १२ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले खसीबोका प्रतिकेजी छ सय ८० रुपियाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपियाँ मूल्य निर्धारण गरेको छ । गत वर्ष कम्पनीले खसीबोकाको मूल्य प्रतिकेजी ६५० रुपियाँ निर्धारण गरेको थियो ।

खरिद मूल्य नै बढेकाले मूल्य बढ्न गएको कम्पनीले जनाएको छ । बुधबार बिहानदेखि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । २२७ वटा च्याङ्ग्रा आइसकेको र खसीबोका बाटोमा आउने क्रममा रहेको कम्पनीले जनाएको छ । कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले च्याङ्ग्रा र खसीबोकामा प्रतिकेजी १० रुपियाँ छुट दिइएको जानकारी दिनुभयो ।

बुधबार बिहान १० बजेदेखि कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री सुरु गरिने उहाँले जानकारी दिनुभयो । दाङ, धादिङ, हेटौँडाबाट खसीबोका र दार्चुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले खसीबोका प्रतिकेजी ५७० देखि छ सय रुपियाँमा खरिद गरेको जनाएको छ ।

यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार १५० रुपियाँमा खरिद गरेको कम्पनीले जनाएको छ । दशँैमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने हुँदा व्यवसायीले गाउँगाउँमा गई खरिद गरेर उपत्यकामा ल्याएर बिक्री सुरु गरेका छन् । यसपालि उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान गरिएको छ ।

हुम्ला समाचारदाताका अनुसार यसपालिको दशैँका लागि बझाङको साइपालबाट खसीबोका हुम्ला आइपुगेका छन् । कोरोनाका कारण चीनसँगका चारवटा नाका बन्द हुँदा च्याङ्ग्रा नआउने भएपछि साइपालबाट खसी ल्याइएको हो ।

खसी व्यापारी जयबहादुर शाहीले साइपालबाट दुई चरणमा खसी ल्याएर बिक्री गरिएको र अब एक चरण पुग्ने बेला भएको बताउनुभयो । उहाँले च्याङ्ग्राको तुलनामा खसीको मूल्य बढी पर्ने भएको कारण हुम्लावासीको दशैँ पनि महँगो हुने बताउनुभयो । गोरखापत्र दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.