भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

खुटी नहर सञ्चालनमा ल्याउने तयारी


  • चैत्र ८, २०७९
  • 310 Views
खुटी नहर सञ्चालनमा ल्याउने तयारी image

लहान । लहान नगरपालिका–१० मा खुटी नहरको पानी सिँचाइको लागि निकाल्न निर्माण भइरहेको हेडवकर्स अन्तिम चरणमा पुगेको छ । यो काम सम्पन्न भएसँगै नहर सञ्चालनमा आउने भएको छ ।

यसै वर्षदेखि नहरको पानी प्रयोग गर्ने उद्देश्यले निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । हेडवर्कस निर्माण आयोजनाका प्राविधिक इन्जिनियर दिवाकर पण्डितको अनुसार ९० प्रतिशत कार्य सम्पन्न भइ सकको छ । हेडवर्कस निर्माणसँगै उत्तरी भेगमा दस विगाहाको पोखरी समेत खनिएकोले पर्यटकीय क्षेत्रको लागि प्रयोग हुने र उत्तरी तर्फ पश्चिम खुटी किनारमा रहेको दलित समुदायको वस्ती कटान समेत नियन्त्रण हुनेछ । बाँकी दस प्रतिशत कामको लागि डेढ करोड रकमको आवश्यकता छ । समयमा रकम निकासा भए तटबन्ध र हेडवर्कसको प्रवेशद्वारमा गेट लगाउने कार्य सम्पन्न भएपछि पानी नहरमा पानी बग्ने उहाँले बताउनुभयो ।

दक्षिणी भेगका किसानहरुको सिँचाइको लागि खुटी नहरमा बाह्रै महिना पानी बगिरहने र लहानका दक्षिणी भेगका वडाहरूमा २, ३, ४,५,,६,७,८,११,१२ ,२९,२०,२१,२२ र २३ नम्बरका ९३० बिगाहा जग्गामा सिचाइको लागि खुटी नहर सिँचाइ आयोजना अन्तर्गत १२ करोडको लगानीमा दुई वर्ष अगाडि पूर्व सुरु भएको थियो ।

गाेर्खा पत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.