भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

खोप भण्डारण गृह तयार


  • जेष्ठ २५, २०७८
  • 680 Views
खोप भण्डारण गृह तयार image

जेठ २५, काठमाडौँ । देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् । खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार भएको हो । सबै नेपालीलाई सहज र सरल किसिमले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यसहित सातवटै प्रदेश र केन्द्रमा गरी आठवटा खोप भण्डारण गृह निर्माण भएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलले कोरोनाविरुद्धको खोप शीघ्र उपलब्ध गराउन भण्डारण गृह तयार गरिएको जानकारी दिनुभयो । खोपको सुरक्षित एवं उचित व्यवस्थापन महìवपूर्ण हुने भएकाले भण्डारण गृह तयार पारिएको जानकारी उहाँले दिनुभयो ।

उहाँका अनुसार केन्द्रीय खोप भण्डारण गृह बाराको पथलैयामा, प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधामस्थित मुजेलिया, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा निर्माण गरिएको हो ।

प्रमुख पौडेलले भन्नुभयो, “हरेक खोप केन्द्रमा बाहिरी फ्रेमका रूपमा तीनवटा कम्पार्टमेन्ट निर्माण गरिएको छ; जसमा बाहिरबाट खरिद गरी ल्याइएको ‘वाचिङ कुलर’ राखिन्छ । ‘वाचिङ कुलर’मै खोप भण्डारण गरिन्छ ।” तत्काल कोरोनाविरुद्धका खोप भण्डारण गरिए पनि पछि सबै प्रकारका खोपको भण्डारण गरिनेछ । पछि सबै प्रकारका खोप थप सहज रूपमा उपलब्ध गराइने जानकारी उहाँले दिनुभयो ।
पौडेलका अनुसार एउटा केन्द्रको एक करोड २० लाख रुपियाँ लागत पर्ने गरी कुल नौ करोड ६० लाख रुपियाँमा निर्माण कार्य सम्पन्न भएको हो । सम्बन्धित प्रदेशहरूका लागि आवश्यक खोप प्रदेशअन्तर्गतको भण्डारण गृहमा राखिने तथा बाँकी खोप केन्द्रीय भण्डारण गृहमा राख्ने योजना छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको खोप व्यवस्थापन महाशाखाका प्रमुख भीमसेन टिङ्करीले निर्माण सम्पन्न भएको खोप भण्डारण केन्द्रहरूमा छिट्टै नै थप प्राविधिक तयारी पूरा गरी खोप भण्डारणको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

आजको गोर्खापत्र दैनिकबाट…

 

 


Thali Mobile Pvt.Ltd.