भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गाउँपालिकाका पूर्वअध्यक्षको झन्डै एक करोडको अकुत सम्पत्ति


  • चैत्र १०, २०७९
  • 332 Views
गाउँपालिकाका पूर्वअध्यक्षको झन्डै एक करोडको अकुत सम्पत्ति image

काठमाडौं । झन्डै एक करोड अकुत सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बनियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अघिल्लो कार्यकालमा निर्वाचित बनियाँको २१ असार ०७४ देखि ३० फागुन ०७८ सम्मको अवधिको आम्दानी र खर्चबारे अख्तियारले छानबिन गरेको थियो । त्यस अवधिमा मात्र उनको आम्दानी ८४ लाख १० हजार देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उनले आफ्नो घर गाउँपालिकालाई भाडामा लगाउनेसम्मका गतिविधि गरेको देखिएको छ ।

जाँच अवधिमा उनको पारिश्रमिक, बैठक भत्ता, ट्रयाक्टर र हार्वेस्टर बिक्रीबाट प्राप्त रकम, छोराको नाममा घर गाउँपालिकालाई बहालमा दिएबापत प्राप्त रकम, कृषि आय, बिमाबापत प्राप्त रकम, शाखारहित बैंक सञ्चालन गरी प्राप्त गरेको आय र राइस मिलबाट प्राप्त आयसमेत हिसाब गर्दा उनको आम्दानी ८४ लाख १० हजार रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ ।

त्यस्तै, खर्च तथा लगानीतर्फ छोराहरूको अध्ययन खर्च, घर निर्माण, छोराको नाममा विभिन्न स्थानमा जग्गा खरिद, बिमाबापत बुझाएको प्रिमियम रकम, छोराकै नाममा मोटरसाइकल र ट्रयाक्टर खरिद, कर्जाबापत तिरेको सावाँ–ब्याज, राइस मिलको आयबापत तिरेको आयकर तथा आफू र परिवारका नाममा विभिन्न बैंकमा रहेको खातामा भएको मौज्दातसमेत गरी एक करोड ७५ लाख ९७ हजार देखिएको छ ।

उक्त खर्च तथा लगानीको तुलनामा आम्दानी ८४ हजार १० हजार घटाउँदा देखिएको ९१ लाख ८६ हजार पाँच सय ४३ रुपैयाँको स्रोत नदेखिएको भन्दै त्यसैलाई बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो । स्रोत नखुलेको सोही रकमलाई बिगो कायम गरेर अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिको बिगो जफत गर्ने प्रयोजनका लागि छोरा पंकज कान्डुसमेतलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दर्ता गरेको छ । नयाँ पत्रिका देनिकबाट…

 


Thali Mobile Pvt.Ltd.