भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गाउँसभामा खाजाः कोदाको पिठो र टिमुरको चटनी


  • पुष २७, २०७९
  • 276 Views
गाउँसभामा खाजाः कोदाको पिठो र टिमुरको चटनी image

गुल्मी । आजकाल नास्ताको रुपमा प्रायजसो मासु चिउरा प्रयोग गरिन्छ । अझ भनौ सरकारी वा गैरसरकारी कार्यालयहरुले मासु(चिउरा नभए मम, झोल मम, चाउचाउ, चिकन चाउमिन, चाउमिन लगायतका नास्ता प्रयोग गर्दछन् । तर जिल्लाको मालिका गाउँपालिकाले भने गाउँसभामा खाजाको रुपमा कोदाको पिठो, टिमुरको चटनी, सागको तरकारी र मही प्रयोग गरेको छ । हिजो मंगरबार सम्पन्न गाउँपालिकाको सभामा प्रयोग गरिएका खाजाका सबै प्रकार स्थानीय उत्पादन गरिएका हुन् ।

‘यसभन्दा अगाडी मासु–चिउरा प्रयोग गर्दै आएकोमा अहिले बदलेका छौँ ।’ पालिका अध्यक्ष देविराम अर्यालले भने, ‘खर्चको हिसाबले पनि धेरै कम हुँदोरहेछ ।’ कोदाको पिठोमा क्याल्सियम, आइरन, फाइबर, टिमुरमा जडिबुटीजन्य पौष्टिक तत्व लगायत शरिरलाई आवश्यक पौष्टिक तत्व स्थानीय स्तरमा उत्पादित सामग्रीमा पाइने स्वास्थ्य संयोजक बसन्त भुसालले जानकारी दिए । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.