भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गाउँ रित्तिँदै जाँदा


  • पुष १६, २०८१
  • 245 Views
गाउँ रित्तिँदै जाँदा image

काठमाडौं । ७० वर्षीया पञ्चा टमटालाई उपचार गर्न महिलाले बाँसको स्ट्रेचरमा बोकेको लैजाँदै गरेको तस्बिर वास्तवमा कर्णालीको दुर्गम गाउँको दृश्यमात्रै होइन, अहिले नेपालका गाउँगाउँको सचित्र पनि हो । कि गाउँमा युवा छैनन्, पुरुष पनि छैनन् । भरअभरको सबै काम महिलाकै काँधमा छ ।

युवा जति बिदेसिएका छन्, पुरुष पनि बिदेसिएका छन् । घर धान्नेमात्रै होइन, गाउँ धान्ने पनि महिला नै छन् । गाउँहरू रित्तिँदै रित्तिँदै गएका छन् । सुनसान बन्दैछन् । यसको प्रमुख कारण रोजगारी, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताको अभाव हो । गाउँका खेतबारी बाँझा छन् । खेतीपाती गर्ने पाखुरी नहुनुमात्रै खेतबारी बाँझिनुको कारण होइन ।

गाउँमा खेती गर्न मलजलको अभाव छ । बिउको अभाव छ । सिँचाइको अभाव छ । अनि उत्पादन भइसकेपछिको चिजको पनि बजार अभाव छ । तब कोही किन गाउँमा बस्छ वा गाउँमा बसेर केही गर्छ ?

पञ्चायतको उत्तराद्र्ध र बहुदल पुनर्बहालीपछि सरकारले जिल्ला सदरमुकामहरूसम्म सडक सञ्जाल पु¥याउने लक्ष्य राख्थ्यो । अहिले पनि पालिकाहरू हातका औंलामा गन्न सकिनेमा छन्, जहाँ सडक सञ्जाल पुगेको छैन । गाउँगाउँमा मोटरबाटो पुगिसक्यो । हिँडेर र हिँडाइमै जिन्दगीको महŒवपूर्ण समय खेर फाल्नुपर्ने जमाना गएको छ ।

तर, खुट्टाले ‘हिँड्न’ नपरे पनि ती मोटरबाटोले मानिसलाई गाउँबाट हिँडाएको छ । सहर पु¥याएको छ । सहरबाट विदेश पु¥याएको छ । गाउँगाउँमा पुगेका मोटर चढेर मानिसहरू बसाइँ सरेका छन् । गाउँ रित्तिएका छन् । गाउँको उत्पादन बजार ल्याउने होइन कि मानिसलाई नै अन्त लैजाने माध्यम सडक बनिरहेको छ । त्यो कर्णालीका हरेकजसो जिल्ला सदरमुकामबाट छुट्ने बसहरूमा देखिने दृश्यले बताउँछ कि हरेक दिन युवा विदेश पलायन भइरहेका छन् ।

गाउँ खाली हुँदा खेतीयोग्य जमिन बाँझो भएको छ । पशुपालन लोप हुँदैछ । गाउँका पुराना घरहरू सुनसान छन् । सामाजिक समारोह र चाडपर्वमा चहलपहल हराउँदै गएको छ । गाउँ समाजलाई जोड्ने सांस्कृतिक र सामाजिक तन्तुहरू क्रमशः कमजोर हुँदैछन् । आर्थिक समस्याले सामाजिक र सामाजिक समस्याले आर्थिक समस्या निम्त्यारहेको छ ।

सडक पुगेका गाउँमा पनि अझै खानेपानीको प्रबन्ध राम्रो छैन । बसाइँसराइको प्रमुख एउटा कारण खानेपानीको अभाव छ धेरैतिर । आकासेपानीकै भरमा गुजारा गर्नुपर्ने, रेक्चाजस्ता ठाउँका गाउँहरूमा बसाइँसराइको लहरले जनजीवन अस्तव्यस्त छ । सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने, गाउँलेलाई उद्यमशील बनाउने, कृषिमा व्यवसायीकरण गर्ने योजना र कार्यक्रम नभएसम्म गाउँमा मानिस अडिन्नन् ।

गाउँ रित्तिनु राष्ट्रिय चिन्ताको विषय हो । सडक पूर्वाधारसँगै शैक्षिक र स्वास्थ्यका भरपर्दा पूर्वाधारमा सरकारले ध्यान दिनुपर्छ । र, सबैभन्दा गाउँमै आम्दानीका उपायहरूको विकल्प दिनुपर्छ । अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.