DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती लिने ४ जना पक्राउ


  • भाद्र ९, २०८०
  • 185 Views
ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती लिने ४ जना पक्राउ image

काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी नेपालमा फिरौती रकम लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी० ले ४ जनालाई पक्राउ गरेको छ । धनकुटाका शिवराज कुँवर, काठमाडौंका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश बेलबासे र पर्वतका दिल हादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले नेपालबाट सिजनल भिषामा बैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका मोरङ रंगेली नगरपालिका–२ सबित्रा थापा, उदयपुर, त्रियुगा नगरपालिका– ३ का कृष्ण कार्की र काभ्रेपलाञ्चोक नमोबुद्ध–१ का राजन सत्याललाई ग्रीसमा अपहरण गरी नेपालमा रहेका उनीहरुको परिवारसँग सम्पर्क गरी फिरौती रकम मागेको प्रहरीको भनाइ छ ।

उनीहरु सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण उनीहरु पुनः लुकी छिपी ग्रीस प्रवेश गर्ने क्रममा हिन्दी भाषा बोल्ने अपरिचित ९पाकिस्तानी० व्यक्ति तथा निजको सहयोगी समेतले अपहरण गरी, डोरीले बाधी शाररिक तथा मानसिक यातना र डर त्रास देखाई, ज्यान मार्ने धम्की दिई पीडितहरूको नेपालमा रहेका परिवारहरूसँग १ हजार ५, सय युरो फिरौती माग गरेका थिए ।

ग्रीस तथा दुवईबाट ह्वट्सएपमार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार नेपालमा फिरौती रकम लिने कार्यमा संलग्नलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाडौं गौरिघाट डेराबाट फिरौती रकमसमेत बरामद गरी ग्रीसमा बन्धक बनाई राखेका पीडितसमेतलाई सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.