भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

घरेलु एयरलाइन्सको यात्रा शतप्रतिशत महँगो, ८० हजारमा अस्ट्रेलिया पुग्नेले अब ६ लाख तिर्नुपर्ने


  • आश्विन १९, २०७८
  • 683 Views
घरेलु एयरलाइन्सको यात्रा शतप्रतिशत महँगो, ८० हजारमा अस्ट्रेलिया पुग्नेले अब ६ लाख तिर्नुपर्ने image

काठमाडाैं । दशैंको मुखमा एयरलाइन्सको भाडा करिब शतप्रतिशत महँगो भएको छ । ‘अक्कुपेन्सी’ का कारण टिकट महँगो भएको एयरलाइन्सहरुको भनाइ छ । ‘केही समयअघि ३ हजार रुपियाँमा पाइने टिकटका लागि अहिले तपाईंले ५/६ हजार रुपियाँ तिर्नुपरेको सही हो, तर हामीले मूल्य बढाएका छैनौं’, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘नागरिक उड्डयन प्राधिकरणले तोकेभन्दा बढी हामीले भाडा लिन पाउँदैनौं ।’

अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ, तर अहिले यात्रुको चापका कारण मूल्य बढेजस्तो लागेको मात्र हो भन्ने धारणा उहाँको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा भने हवाई टिकटको मूल्य ६ सय प्रतिशतसम्म बढेको छ । नेपालबाट अस्ट्रेलिया जाने यात्रुले ८० हजारमा टिकट पाउँथे भने अहिले ६ लाखभन्दा माथि टिकटको मूल्य छ ।

वैशाली ट्राभल्सका एमडी राजेन्द्र भट्टराई भन्नुहुन्छ– ‘काठमाडौं–नयाँदिल्लीको टिकट ९ हजारमा पाइन्थ्यो, तर अहिले ३० हजार पुगेको छ, सिड्नीका लागि हामीले टिकट काट्दैनौं, यद्यपि नेटमा हेर्दा ६ लाखको हाराहारीमा देखाउँछ ।’

टाइम्स अफ इन्डियाले सोमबार प्रकाशित गरेको समाचारअनुसार भारतको आन्तरिक उडानमा १२.५ प्रतिशतसम्म भाडा बढेको छ । कोभिडको असरका कारण भाडा वृद्धि भएको उसले जनाएको छ । भारतमा गत जुन १ मा मात्र १५ प्रतिशत हवाई भाडा बढाइसकिएको थियो ।

अस्ट्रेलियाको भाडा अत्यधिक रूपमा वृद्धि हुनुको पछाडि त्यहाँको सरकारले कोरोना नियन्त्रणका रूपमा आवागमनलाई लिएका कारण पनि हो, एक ट्राभलर कम्पनीका व्यवस्थापक भन्छन्– ‘एकातिर फ्लाइट नै छैन, यात्रुको संख्या अधिक छ, अर्कातिर सरकारकै नीति बाहिरबाट कोही नआऊन् भन्ने भएपछि हवाई टिकटको मूल्य बढ्नु स्वाभाविकै हो ।’

आजको नेपाल समाचार दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.