भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

घरेलु टोलीसँग नेपालको परीक्षा


  • असार ३, २०८०
  • 313 Views
घरेलु टोलीसँग नेपालको परीक्षा image

काठमाडौं । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आइतबार घरेलु टोली जिम्बावेको सामना गर्दैछ। हरारे स्पोट्स क्लबमा नेपाल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध मैदान उत्रिन लागेको हो। ६ महिना अघि आईसीसी विश्वकप क्रिकेट लिग टुमा अविश्वसनीय प्रदर्शन गर्दै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लिग टुका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै नेपालले जिम्बावे यात्रा पक्का गरेको थियो।

पाँच वर्ष अघि सन् २०१८ को विश्वकप छनोटमा पनि नेपालले जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको थियो। नेपाल र जिम्बावेबीच भएको त्यो नै एक मात्र एकदिवसीय खेल हो। त्यतिबेला नेपालले एकदिवसीय मान्यता नपाएकाले त्यो खेलले ‘लिस्ट ए’को मान्यता पाएको थियो। उक्त खेलमा नेपाल एक सय १६ रनले पराजित भएको थियो। उक्त खेलमा नेपालका शरद भेषवाकर र आरिफ शेखले अर्धशतकीय पालि खेलेका थिए।

टेस्ट टोलीविरुद्ध आइतबार मैदान उत्रिँदा नेपाल जितका साथ सुखद् सुरुवात गर्ने अभियानमा छ। नेपाली टोली दक्षिण अफ्रिकामा डेढ साता तयारी गरेर जिम्बावे पुगेको हो। दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो। नेपाल दुवै अभ्यास खेलमा पराजित भएको थियो। यस्तै जिम्बावेमा पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई० लाई नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।

छनोट चरणबाट अगाडि बढ्न नेपालले घरेलु टोली जिम्बावेसँगै अर्को टेस्ट राष्ट्र वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिकालाई पराजित गर्नु पर्दछ। नेपालले असार ५ मा अमेरिका, असार ७ मा वेस्टइन्डिज र असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। यस्तै समूह ‘बी’मा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्। हरेक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगामी अक्टोबर ५ देखि भारतमा हुने विश्वकपमा स्थान बनाउने छन्। सातौंदेखि १०औं स्थानका टोलीले प्लेअफ खेल्ने छन्।

समूह चरणबाटै बाहिरियो नेपाल

नेपाल एसीसी महिला टीट्वेन्टी इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। शनिबार तय भएको नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह चरणबाटै घर फर्किएको हो। शनिबार नेपाल र हङकङबीचको खेल टससमेत नभइ रद्द भएको थियो। खेल रद्द भएपछि दुवै टोलीले एकरएक अंक बाँडेका थिए।

नेपाल तीन खेलमा एक हार र दुई खेलमा एकरएक अंक बाँड्दै दुई अंकका साथ तेस्रो स्थानमा रह्यो। तीन खेलमा दुई अंक नै जोडेको हङकङ पुछारमा रह्यो। यस समूहमा भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाए।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। बिहीबार भारतसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो। पहिलो पटक एसीसी महिला टीट्वेन्टी इमर्जिङ टिम्स एसिया कपमा सहभागिताको अवसर पाएको नेपाल वर्षाका कारण निरास हुन पुग्यो। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.