भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

घाटीबगर छाङरु बाटो खुल्यो


  • आश्विन १३, २०७७
  • 479 Views
घाटीबगर छाङरु बाटो खुल्यो image

दार्चुला — नेपाली सेनाले व्यास जोड्ने घाटीबगर–छाङरु घोडेटो बाटोको ट्र्याक खोलेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ घाटीबगरस्थित मौर्‍याभीरमा खसेको पहिरोले एक वर्षदेखि उक्त बाटो बन्द थियो । बाटो खुलेपछि व्यास–१ स्थित छाङरु र टिंकरका बासिन्दालाई सदरमुकाम खलंगा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ  ।

सेनाले गत जेठ ९ गते ट्र्याक खोल्न सुरु गरेको थियो । असारमै ट्र्याक खोल्ने लक्ष्य लिए पनि प्रतिकूल मौसम, कडा चट्टानी भूगोल र निर्माण सामग्री ढुवानीमा समय लागेकाले ढिलाइ भएको सेनाले जनाएको छ । घाटीबगरको कडा चट्टानी भूभाग फोडेर साढे ५ सय मिटर लम्बाइको ट्र्याक खोलिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । ‘दुई मिटर चौडा बाटोको ट्र्याक खोलिसकिएको छ । उक्त क्षेत्रमा बाटो सफाइ गर्ने कार्य चालु छ,’ उनले भने, ‘बाटो सम्याउन तीनरचार दिन लाग्न सक्छ ।’ केही दिनमै स्थानीयस्तरमा घोडेटो बाटो हस्तान्तरण गरिने उनको भनाइ छ ।

व्यास जान सबैभन्दा अप्ठ्यारो मानिएको उक्त ठाउँमा ट्र्याक खुलेपछि स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ । नेपालको बाटो बन्द हुँदा उनीहरूले भारतीय बाटो प्रयोग गर्दै आएका थिए । तर, यस वर्ष कोरोनाले सीमानाकाहरू बन्द भएपछि सकसपूर्ण रूपमा बेंसीबाट गाउँ उक्लेका थिए । सुरक्षाकर्मीहरू पनि हेलिकप्टर प्रयोग गरेर छाङरु र टिंकर पुगेका थिए । व्यास–१ टिंकरका मोहनसिंह टिंकरीका अनुसार बाटो नहुँदा छाङरु र टिंकरवासी सदरमुकाम खलंगा आउन पाएका थिएनन् भने सदरमुकाममा रहेका स्थानीय गाउँ फर्किन सकेका थिएनन् । घाटीबगरमा बाटो खुलेपछि गाउँबाट सदरमुकाम आउजाउ गर्न सहज हुने उनको विश्वास छ । छाङरु र टिंकरका बासिन्दा ६ महिना व्यास र हिउँदका ६ महिना बेंसी ९सदरमुकाम खलंगा० बस्ने गर्छन् ।

घाटीबगरमा सेनाले बाटो बनाए पनि अन्य धेरै ठाउँमा अवरोध रहेको दार्चुलाका उमेशसिंह खत्रीले बताए । ‘घाटीबगरको माथिल्लो क्षेत्रमा त्यति धेरै अप्ठ्यारो बाटो छैन,’ उनले भने, ‘घाटीबगर तलतिर सेनाको क्याम्प नजिक घोडेटो बाटोमा महाकालीले कटान गरिरहेको छ । तम्बाकु, कल्जुलगायत तीनरचार ठाउँमा अझै बाटो निर्माण गर्नुपर्ने छ ।’ उनका अनुसार पहिले केही ठाउँमा मात्र व्यासको घोडेटो बाटो अवरुद्ध हुन्थ्यो ।

अहिले ठाउँठाउँमा महाकालीले कटान गरेर बाटो बगाएको छ । भारतले महाकाली किनारैकिनार सडक निर्माण गर्दा व्यासको घोडेटो बाटो खतरामा परेको हो । सडक खन्दा निस्किएको माटोढुंगा महाकाली किनारमा फाल्दा नदीको बहाव नेपालतर्फ फर्केर क्षति पुर्‍याएको खत्रीको भनाइ छ ।
कान्तिपुर दैनिकबाट………

 


Thali Mobile Pvt.Ltd.