भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु


  • आश्विन २१, २०७९
  • 240 Views
चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु image

काठमाडौं । चन्द्रागिरि नगरपालिका २ देउरालीनजिकै पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको ज्यान गएको वडा नम्बर २ का अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए।

उनका अनुसार ज्यान गुमाउनेमा काभ्रेको धुलिखेल नगरपालिका १२ स्थायी घर भइ अहिले ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षका राजु श्रेष्ठ, उहाँकी श्रीमती ४५ वर्षकी गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथीको ज्यान गएको छ। पहिरोमा पुरिएका उनीहरुको शव निकालिएको वडा अध्यक्ष तामाङले बताए। नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.