भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चाडपर्वलक्षित सेफ्टी पिन अभियान


  • आश्विन १४, २०७७
  • 393 Views
चाडपर्वलक्षित सेफ्टी पिन अभियान image

काठमाडौं । महानगरीय प्रहरी कार्यालयले नजिकिँदै गरेका चाडपर्वलक्षित उपत्यकामा ‘सेङ्खटी पिन अभियान’ थालेको छ । उपत्यकाका बढी भिडभाड हुने व्यापारिक, आर्थिक, तथा वित्तिय क्षेत्रमा अभियानअन्तर्गत सादा पोशाकमा ४५ प्रहरी खटाइने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका बढी भिडभाड हुने स्थानमा पहिलो चरणमा प्रहरी परिचालन हुने जानकारी दिए । ‘सेङ्खटी पिन अभियान’अन्तर्गत खटिने प्रहरी सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानमा समेत खटिने छन् ।

यसैगरी, सार्वजनिक स्थानमा महिलामाथि हुने यौनजन्य दुर्वव्यवहार न्यूनिकरणका लागि प्रहरी परिचालित हुनेछन् । सादा पोशाकमा खटिने उनीहरूले काठमाडौं भक्तपुर र ललितपुरका बढी भिडभाड हुने क्षेत्र निगरानीमा राख्ने छन् भने चाडबाडका समय हुने चोरी, ठगी तथा पाकेटमारीसमेत नियन्त्रणतर्फ केन्द्रित हुनेछन् । महिला तथा बालबालिकाविरुद्ध हुने विभिन्नखाले यौन तथा लैंगिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि महिला प्रहरी निरीक्षकसहितको मोबाइल भ्यान पनि २४सैं घण्टा उपत्यकामा परिचालन गरिने भएको छ । राजधानी दैनिकबाट

 


Thali Mobile Pvt.Ltd.