भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चिनियाँ राष्ट्रपति सीका दूतको सन्देश: ‘दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक’


  • कार्तिक ५, २०८१
  • 242 Views
चिनियाँ राष्ट्रपति सीका दूतको सन्देश: ‘दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक’ image

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ नेता छन् गाङले दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका दूत तथा चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी सिङहाइ प्रान्तका सचिवसमेत रहेका छन्ले नेपाली नेताहरूसँगको भेटवार्तामा पार्टीबीचको सहकार्यमा जोड दिएका हुन् ।

तीनदिने भ्रमणका लागि शनिबार आइपुगेका नेता छन्ले सोही दिन कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा छन्‌ले आफू सीपीसीका महासचिव तथा राष्ट्रपति सीको सन्देश लिएर आएको उल्लेख गरेका थिए ।

‘हामी कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं तर पार्टी–पार्टीबीचको सम्बन्धलाई भने महत्त्व दिने छौं,’ भेटवार्ताका क्रममा छन्‌ले भनेका छन् । उनले नेपाली राजनीतिक दलले गरेका निर्णयमा आफूहरूको सम्मान रहने तथा भ्रमणका क्रममा उठेका विषयवस्तु महासचिव सीसमक्ष पुर्‍याउने बताएको भेटवार्तामा सहभागी नेपाली नेताहरूले जानकारी दिएका छन् ।

सीपीसीको केन्द्रीय कमिटीका सदस्यसमेत रहेका नेता छन् पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् । उनी राष्ट्रपति सीका विश्वासपात्र मानिन्छन् । चीनमा उनको बलियो प्रभाव रहेकाले पनि नेता छन्को नेपाल भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । नेता छन्‌ले ओली र दाहालसँगको भेटमा कम्युनिस्ट एकता र देउवासँग चीन र कांग्रेसबीचको ऐतिहासिक सम्बन्धको चर्चा गरेका थिए ।

ओली र दाहालसँगको भेटमा उनले ‘एउटै विचारधारा भएका पार्टीहरू मिल्नु ठीक हुने’ उल्लेख गरेका थिए । ‘एउटै विचारधारा भएका पार्टीहरू मिल्नु ठीक हुन्छ भन्ने चीनको धारणा कुनै नयाँ विषय होइन, यो उहाँहरूले खुला रूपमै भन्दै आउनुभएको विषय हो,’ दाहालसँग खुमलटारमा भएको भेटवार्तामा उपस्थित माओवादीका उपमहासचिव तथा पूर्वमन्त्री शक्ति बस्नेतले भने ।

अध्यक्ष ओलीसँग बालुवाटारमा भएको भेटवार्तामा उपस्थित एक नेताका अनुसार छन्ले सोही कुरा दोहोर्‍याएका थिए । भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत छन् सोङलगायत सहभागी थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार ५० मिनेटभन्दा बढी चलेको भेटवार्तामा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी दिए । उनले नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरेको पनि बताए । ‘प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने’ उल्लेख गरेको प्रधानमन्त्रीको सचिवालयको विज्ञप्तिमा बताइएको छ ।

प्रधानमन्त्री ओलीले एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको स्मरण गराएका थिए । भेटवार्तामा माओवादी अध्यक्ष दाहालले दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका बेलामा भएका सबै समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै, कांग्रेस सभापति देउवाले कांग्रेस र सीपीसीबीचको सम्बन्धलाई सुमधुर बनाउनुपर्ने उल्लेख गरेको कांग्रेस पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए । कान्तिपुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.