भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जाजरकोट प्राविधिक शिक्षालयको बिजोग : कक्षाकोठा र फर्निचर नहुँदा  कार्पेटमा बसेर चौरमा पढाइ


  • माघ ४, २०७७
  • 612 Views
जाजरकोट प्राविधिक शिक्षालयको बिजोग : कक्षाकोठा र फर्निचर नहुँदा  कार्पेटमा बसेर चौरमा पढाइ image

जाजरकाेट । गाउँमै प्राविधिक शिक्षा प्रदान गर्न तीन वर्षअघि जाजरकोटको भेरी नगरपालिका काफलचौरमा जाजरकोट बहुप्राविधिक शिक्षालय खुलेको थियो । तर, भौतिक पूर्वाधार नहुँदा विद्यार्थीको बिजोग भएको छ । खुला आकाशमै पढाइ भइरहेको छ भने चौरमा बस्ने गरेका छन् । 

तीन वर्षसम्म आवश्यक भौतिक पूर्वाधार तय नहुँदा समस्या भएको शिक्षक र विद्यार्थी बताउँछन् । विद्यार्थी दैनिक खुला आकाशमा कार्पेटमा बसालेर पठनपाठन हुने गरेको छ । शिक्षकले पनि बोर्डलाई बाँसको पोलमा झुन्ड्याएर पढाउने गरेका छन् ।

पानी पर्दा, चर्को घाम लाग्दा तथा हावाहुरी चल्दा पढाइ बन्द हुने गरेको शिक्षालयले जनाएको छ । ‘कुर्सी, बेन्च, दराजलगायत आवश्यक फर्निचर समेत छैनन् । शौचालय र खानेपानीको पनि समस्या छ,’ विद्यार्थी सरस्वती केसीले भनिन्, ‘शिक्षक र विद्यार्थी शौचालयको अभावमा जंगल गएर दिशापिसाब गर्न बाध्यता छ ।’ अहिले चारकोठे कच्ची घर भाडामा लिइएको छ । त्यसमा कार्यालय र आवास सञ्चालन छ ।

कक्षाकोठाविनै शिक्षालयमा डिप्लोमा तहमा वन विज्ञान, पशु विज्ञान र सिभिल इन्जिनियरिङको पढाइ हुँदै आएको छ । तीन वर्षअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति पाएको शिक्षालयमा अहिले तीनवटा समूहमा पढाइ भइरहेको शिक्षालय प्रमुख दानबहादुर ठकुरीले बताए । ‘पढाइ त सुरु भएको छ, तर भौतिक पूर्वाधार केही छैन,’ ठकुरीले भने । अहिले शिक्षालयमा पहिलो वर्षमा वन विज्ञानमा ३७, सिभिल इन्जिनियरिङमा ४८ र पशु विज्ञानमा २९ जना अध्ययनरत छन् ।

शिक्षालयनजिक पिउनेपानीको पनि व्यवस्था छैन । तीन किलोमिटर टाढाबाट पानी ल्याएर शिक्षालयका शिक्षक तथा विद्यार्थीले पिउने गरेका छन् । अझ विद्यार्थीलाई त वासको समस्या छ । शिक्षालयनजिक गाउँ छैनन् । एक घन्टा हिँडेपछि पुगिने छिप्रेना गाउँमा बस्नुपरिरहेको विद्यार्थीले दुःखेसो गरेका छन् ।

शिक्षाको नाममा २२ रोपनी जग्गा छ । यो पूर्ण सरकारी स्वामित्वको शिक्षालय पनि हो । स्वीकृतिका लागि सबै पहल गरेको भए पनि त्यसपछि सञ्चालनमा कसैले चासो नदिँदा समस्या भएको उनको भनाइ छ । ‘ल्याब, कक्षाकोठा, फर्निचर केही छैन । प्राविधिक विषयहरूको पढाइ चौरमा गर्नुपरिरहेको छ । यो पढाइले विद्यार्थीले कति बुझ्लान्,’ शिक्षालय प्रमुख ठकुरीले गुनासो गरे ।

नयाँ पत्रिकाबाट….

 


Thali Mobile Pvt.Ltd.