भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

टर्कीको भूकम्पमा मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो


  • माघ २४, २०७९
  • 288 Views
टर्कीको भूकम्पमा मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो image

टर्की । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा ७।८ म्याग्निच्युडको भूकम्प गएको थियो। अंकारा स् टर्कीको गाजी एन्टेप सहर नजिक सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३८सय नाघेको छ । भूकम्पमा परी घाइते हुनेको संख्या १२ हजारभन्दा बढी रहेको जनाइएको छ ।

भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरैको जनधनको क्षति भएको छ । दुवै देशमा गरी मृत्यु हुनेको संख्या चार हजार नजिक पुगेको बीबीसी समाचारमा उल्लेख छ। साथै केही घण्टा मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ । भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ । तर अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको सिरियामा सहायता पुग्न ढिलाइ भएको सञ्चारमाध्यमहरुमा उल्लेख छ।

अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा ७।८ म्याग्निच्युडको भूकम्प गएको थियो। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै दोस्रो भूकम्प पनि गएको हो। यूएस जियोलोजिकल सर्भेका अनुसार यो शक्तिशाली भूकम्पमा पर्छ।

टर्कीको गाजियान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पका कारण कैयौं भवन भत्किएका छन्। उक्त क्षेत्रमा लाखौं सिरियाली शरणार्थीको बसोबास छ। उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो।

टर्कीमा संकटकाल घोषणा

भूकम्पका कारण ठूलो मानवीय क्षति भएपछि टर्कीले संकटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ। राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत सन्देश दिँदै भनेका छन्, ‘हामी अपेक्षा गर्छौं कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपद्बाट पार पाउनेछौं।’ उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताए।

टर्कीको सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेपछि विभिन्न देशले सहयोगको वाचा गरेका छन्। कतिपय देशहरूबाट खोज उद्धार र राहतका लागि सहयोग परिचालन गरिएको बीबीसीले उल्लेख गरेको छ। भूकम्प गएको स्थान दक्षिण–पूर्वी टर्कीस्थित गाजियान्टेप सिरियासँगको सीमानजिकै पर्छ।

भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। कैयौं भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्। भूकम्पपछि परकम्पहरू आउने क्रम जारी रहेको छ। भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा रहेको दुई हजार वर्षभन्दा पुरानो गाजियान्टेप कासलका अधिकांश हिस्सामा क्षति पुगेको छ।

बीबीसीका अनुसार त्यहाँ एउटा सपिङ मल भत्किएको छ। टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो। सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजारले ज्यान गुमाएका थिए। यसैबीच संयुक्त राज्य अमेरिकाले उक्त विपद्का कारण आफू गम्भीर रूपमा चिन्तित रहेको जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले कसरी मद्दत पुर्‍याउन सकिन्छ भनेर विश्लेषण गर्न देशको अन्तर्राष्ट्रिय सहायता निकायलाई निर्देशन दिएका छन्।

युरोपेली संघले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ। द नेदरल्यान्ड्स र रुमेनियाका खोजी तथा उद्धारकर्ताहरू उद्धारकार्यमा सघाउन निस्किसकेका छन्। फ्रान्स र जर्मनीसहितका देशले सहयोग गर्ने जनाएका छन्। अन्नपूर्ण पोष्ट दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.