भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

डेल्टाको ठाउँ लिँदै ओमिक्रोन


  • माघ १०, २०७८
  • 537 Views
डेल्टाको ठाउँ लिँदै ओमिक्रोन image

काठमाडौं । कोभिड–१९ को डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्न सक्रिय रहेको ओमिक्रोन भेरियन्टको संक्रमण उच्च पाइएको छ। विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै अवस्था नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए। डेल्टाभन्दा बढी संक्रामक रहेको ओमिक्रोनबाट संक्रमण हुनेको संख्या ह्वात्तै बढेको छ।

एसजिन पोजेटिभ भएका नमुनाहरूको परीक्षण गर्दा ओमिक्रोनको पुष्टि हुने क्रम बढ्दो रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो संक्रमणमा एसजिन पोजेटिभ भएका मध्ये ८८ प्रतिशत ओमिक्रोन पाइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा जिन सिक्वेन्सिङका ३२ मध्ये २८ नमुनामा ओमिक्रोन संक्रमण देखिएको छ। बाँकी चारवटा नमुनामा डेल्टा भेरियन्ट पाइएको छ।डा. अधिकारीले भने, ‘विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै नेपालमा समेत सोही अवस्था देखिएको छ।’

यसअघि पहिलोपटक मंसिर २० गते ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। त्यसपछि पुसको अन्तिम साता २४ जनामा देखियो। संकलित केही नमुनाको मात्र परीक्षण गर्दा ओमिक्रोन भेरियन्ट बढी सक्रिय पाइएको हो। हाल सक्रिय संक्रमितको संख्या ७० हजार ४० रहेको छ। संक्रमित मध्ये २१५ जना आईसीयूमा उपचाररत छन्। ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

४१ प्रतिशत संक्रमण दर
मुलुकभर कुल संक्रमण दर ४१।८ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ४६२ नयाँ संक्रमित थपिएका छन्। एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ४३७ परीक्षण गरिएको थियो। त्यस्तै, १ हजार ४१६ संक्रमणमुक्त भएका छन्। संक्रमणबाट चारजनाको ज्यान गएको छ। डा। अधिकारीले संक्रमणमा हेलचेक्र्याइँ नगर्न आग्रह गर्दै भने, ‘सबै जना सतर्क रहनुपर्ने अवस्था छ। जनस्वास्थ्य मापदण्डको पालना पूर्ण रूपमा गर्नुपर्छ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.