भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तनावमा सक्कली शरणार्थी


  • जेष्ठ ३, २०८०
  • 222 Views
तनावमा सक्कली शरणार्थी image

विराटनगर । तेस्रो मुलुक पुनर्वासमा जान नमानेका र हालसम्म शिविरमै रहेका भुटानी शरणार्थी भने यो प्रकरण बाहिरिएसँगै तनावमा छन्। शारीरिक तथा मानसिक यातना खेपेर आफ्नो भूमि छाड्न बाध्य भएका भुटानीलाई आफ्नै देश भुटान फर्काउने प्रयास पनि पटक–पटक भएको थियो। तर, सफल नभएपछि तेस्रो मुलुक पुनर्वासको प्रक्रिया अघि बढाइयो।

त्यसपछि पुनर्वासका लागि उनीहरूलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत, नेदरल्यान्डसलगायतका मुलुक लगियो। तेस्रो मुलुक जान नचाहेका र विभिन्न कारणले छुटेका शरणार्थी अहिले पनि शिविरमै छन्। आफ्नो मुलुकबाट लखेटिएका सक्कली शरणार्थी अहिले नक्कली शरणार्थी प्रकरण बाहिरिएपछि थप त्रास र तनावमा छन्।

शरणार्थी व्यवस्थापन समितिका सचिव चम्पासिंह राईका अनुसार मोरङको पथरी शनिश्चरेस्थित शिविरमा हाल ४ सय १० परिवारका १ हजार ४ सय ४१ जना शरणार्थी छन्। तीमध्ये ९६ जना दर्ता प्रक्रियामै छुटेको उनले बताए।

‘पथरी शनिश्चरेमा सन् १९९२ जुलाईमा भुटानी शरणार्थी शिविर स्थापना भएको हो,’ राईले भने, ‘त्यतिबेला १६ हजार शरणार्थी रहेकामा सन् २००८ सम्ममा २४ हजार नाघेका थिए।’ राईका अनुसार अहिलेसम्म नेपालबाट १ लाख १३ हजारभन्दा बढी शरणार्थी तेस्रो मुलुक गइसकेका छन्। नक्कली शरणर्थी काण्डले सक्कलीहरू तनाव र त्रास बेहोर्न बाध्य भएको उनले बताए। ‘शिविरमा अहिलेसम्म कोही पनि नक्कली शरणार्थी देखिएका छैनन्,’ उनले भने, ‘तर, नक्कली शरणार्थी खडा गरिएको विषयले चिन्ता थपिएको छ।’
अन्नपूर्ण पोष्ट दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.