भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तस्करलाई हानेको प्रहरीको गोली लागेर बालक गम्भीर घाइते


  • कार्तिक १३, २०७७
  • 724 Views
तस्करलाई हानेको प्रहरीको गोली लागेर बालक गम्भीर घाइते image

वीरगन्ज । बाराको सुवर्ण गाँउपालिका वडा नम्बर २ कबहीगोठमा बुधबार बेलुकी तस्करलाई सघाउने स्थानीय र प्रहरीबीच भएको झडपमा गोली लागेर एक बालक गम्भीर घाइते भएका छन्। प्रहरीले चलाएको गोली लागेर कबहीगोठका चन्देश्वर यादवका छोरा १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका हुन् ।

टाउकोमा गोली लागेका रन्जनको वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ। झडपमा स्थानीयको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षकसहित ३ जना प्रहरी पनि घाइते भएका छन् । स्थानीयको ढुंगाुमढाबाट प्रहरी नायव निरीक्षक वीरेन्द्र गिरी, एक जना हवल्दार र एक जना जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए।

घाइते तीनै जना प्रहरीको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइते प्रहरीमध्ये प्रहरी नायव निरीक्षक गिरीको अवस्था भने गम्भीर रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए। भारतबाट राजश्व छलेर ल्याइएका आठ बोरा प्याजसहितका ४ वटा मोटरसाइकल सोमबार साँझ इलाका प्रहरी कार्यालय कबहीगोठले नियन्त्रणमा लिएको थियो ।

कबहीगोठ प्रहरीले नियन्त्रणमा लिएको तस्करीको प्याज बुधबार बेलुकी कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा तस्कर र स्थानीयले प्रहरीमाथि आक्रमण गर्दै प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि झडप भएको हो ।अन्नपूर्ण पाेष्टबाट…

 


Thali Mobile Pvt.Ltd.