भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ताप्लेजुङमा पहिरोले २ जना सम्पर्कविहीन, जलविद्युत्‌गृह पुरियो


  • भाद्र २२, २०७७
  • 371 Views
ताप्लेजुङमा पहिरोले २ जना सम्पर्कविहीन, जलविद्युत्‌गृह पुरियो image

ताप्लेजुङ । अविरल वर्षाका कारण ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकको नागदेवा लघुजलविद्युत् आयोजनाको पावर हाउसमा झरेको पहिरोमा परी दुईजना सम्पर्कविहीन भएका छन् ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुदास थेबे सम्पर्कविहीन भएका हुन् । इलाका प्रहरी कार्यालय तेल्लोकवाट प्रहरी निरीक्षकको नेतृत्वमा ७ जनाको प्रहरी टोली र स्थानीयसमेत घटनास्थलमा गएको श्रेष्ठले बताए ।

पावरहाउस पहिरोले पुर्दा विद्युत् सेवा अवरुद्ध भएको छ । दुई दिनअघि यही तावा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका थिए । उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.