भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तिब्बतसँग रोटीबेटीको सम्बन्ध


  • बैशाख १९, २०८०
  • 226 Views
तिब्बतसँग रोटीबेटीको सम्बन्ध image

ताप्लेजुङ । सन् २०१० मा छिमेकी देश मेक्सिकोका राष्ट्रपति फेलिपे काल्डेरोलाई ह्वाइटहाउसमा स्वागत गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले भनेका थिए, ‘हामी सिमानाले होइन सम्बन्धहरूले परिभाषित छौं ।’

मेक्सिको र अमेरिकाबीच बेलाबेला भइरहने सीमा नियमनको तनावभन्दा माथि धेरै आयामहरूमा जोडिएका दुई देशका मानवीय सम्बन्धहरूलाई इंगित गर्दै ओबामाले गरेको त्यो टिप्पणी भूराजनीतिक विश्लेषकहरूले धेरै देशका सीमाजन्य मामिलाबारे बोल्न पर्दा उद्धृत गर्दै आएका छन् ।

ओलाङचुङगोलाकी याङ्जी शेर्पालाई ओबामाको यी उद्गार र त्यसको लक्षणार्थ थाहा छैन । तर, यो सीमाजन्य समस्या र यसले थोपरेको थामिनसक्नुको एक्लोपनसँग भने भलिभाँती जानकार छिन् । नेपाल–तिब्बत सीमा टिपतालापारि चीनको चम्किलो सहर रिउमा उनको माइती छ ।

उनी रिउ पुग्ने आकांक्षाले आहत छिन् । तर, कोभिड आएयता सीमा बन्द छ । उनी न जान पाएकी छन् न माइतीलाई भेट्न । तीन दशकअघि ओलाङचुङगोलाका छुल्दे शेर्पासँग विवाह गरी नेपालकी बुहारी भएकी याङ्जीका धेरै वर्षहरू घर–माइती गर्दा सिमाना तगारो भएन, त्यसैले उनलाई टिपताला भन्ज्याङ दुई देशलाई जोड्ने नाकाजस्तो होइन, सधैं हिँडिराख्ने प्रिय देउरालीजस्तो लागिरह्यो ।

तर जब कोभिड महामारीका समयमा चीनले आफ्ना सीमाहरू बन्द गर्‍यो, तब टिपताला पारी रिउ जान पाइनन्, भाइहरू वारि ओलाङचुङगोलामा उनलाई भेट्न आउन पनि पाएनन् । कतिसम्म भने चौंरीहरूसमेत यताका यतै, उताका उतै रहे ।

एक छोरा र एक छोरी छाडेर याङ्जीका पति छुल्दे बितेको ७ वर्ष नाघिसक्यो । छोराछोरी पढ्न दार्जिलिङ गएको पनि धेरै भइसक्यो । याङ्जीसँग सुनसान ओलाङचुङगोलामा दिनहरू पट्यारलाग्दो बिताउनुको विकल्प छैन । ‘माइतीको साह्रै याद आउँछ, जाऊँ भन्छु तर नाका खुलेको छैन,’ उनले हैरानी पोखिन्, ‘चरा भए पनि उडेर जान्थें, हामी मान्छेलाई त देशैले छेक्यो ।’ यो समाचार आजको कान्तिपुरमा छ ।

 


Thali Mobile Pvt.Ltd.