भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

थापाथलीमा खसी–च्याङ्ग्रा किन्नेको भिड


  • आश्विन २२, २०८१
  • 272 Views
थापाथलीमा खसी–च्याङ्ग्रा किन्नेको भिड image

काठमाडौं । बाढी र पहिरोले राजधानी जोडने अधिकांश सडक अवरुद्ध छन्। त्यसैकारण सर्वसाधारणलाई दसैंमा घर फर्किन मुस्किल छ। यस्तो कठिन अवस्थामा पनि उपत्यकावासीले खसी, बोका, च्याङ्ग्रा सहजै किन्न पाएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालय थापाथलीले खसीबोका र च्याङ्ग्रा ल्याएर उपभोक्तालाई बिक्री वितरण गरिरहेको छ।

खसी किन्न पाएकोमा बूढानीलकण्ठका नवीन चौलागाई दंग थिए। उनले संस्थानबाट १० वर्षदेखि खसी किन्ने गरेका छन। १५ किलोमिटर टाढाबाट उनी सोमबार खसी किन्न थापाथली पुगेका थिए। ‘हामी उपत्यकावासीलाई बर्सेनि दसैंका लागि खाद्य व्यवस्था कम्पनीले खसी, बोका, च्याङ्ग्रा उपलब्ध गराउँदै आएको छ’, उनी भन्छन्, ‘बाढी र पहिरोले सडक अवरुद्ध हुँदा पनि खसी, बोका, च्याङ्ग्रा सहजै पाइएकोमा खुसी लाग्यो। खसी र च्याङ्ग्रा राम्रा र स्वस्थ छन्। त्यसैले खुसी लागेको छ।’

नयाँ बानेश्वरका सुधीर शर्मा अस्ट्रेलिया बस्छन्। ११ वर्षपछि दसैं मनाउन उनी स्वदेश फर्केका हुन्। सोमबार उनले संस्थानले बेच्न राखेको एउटा खसी २२ हजारमा। खुसी हुँदै कारमा खसे लगेर घर फर्किए। यसपालिको दसैं परिवारजनस“गै मान्न पाउने भएपछि उनी खुसी छन्। संस्थाले सहज र सस्तो मूल्यमा खसी किन्ने प्रबन्ध मिलाएको भन्दै खुसी व्यक्त गरे।

स्वस्थ खसी पाइने भएकाले सुन्दरीजलका सुन्दर फुयाँल पनि खसी किन्न थापाथली पुगेका थिए। एक छिन त उनी खसी नै खसीको भिडमा हराए। २० किलोको खसी किन्न उनलाई एक घण्टा नै लाग्यो। अनि बल्ल खसी किनेर परिवारजनसहित घर फर्किए।
उपत्यकाको माग १७ सय खसी, बोका च्याङ्ग्रा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालय थापाथलीले दसैंका लागि १ हजार ४ सय खसी—बोका र ३ सय च्याङ्ग्रा ल्याउने लक्ष्य लिएको छ। सोमबारसम्म १ हजार २ सय वटा खसी, बोका र च्याङ्ग्रा भित्रिसकेको खाद्य लिमिटेडकी सहायक विभागीय प्रबन्धक ज्ञानु थापाले बताइन्।

थापाका अनुसार सोमबार दिउँसोसम्म ३ सय खसीबोका र ५० वटा च्याङ्ग्रा बिक्री पनि भइसकेका छन् । दसैं नजिकिएसँगै उपभोक्ताको चाप बढ्दै गएको छ। उनले भनिन्,‘विगतको अभ्यास हेर्दा फूलपाती, सप्तमी र अष्टमीका दिन खसी, बोका र च्याङ्ग्राको माग बढछ। यसपटक पनि त्यसैगरी उपभोक्ताको भिड लाग्ने विश्वास गरेका छौं।’

स्वस्थ खसी, बोका र च्याङ्ग्रा किन्न उपभोक्ताको संस्थामा भिड लागेको छ। ‘उपभोक्ताहरू सन्तुष्ट हुनुहुन्छ। लाइनमा बस्नै पर्दैन,’ सहायक प्रबन्धक थापाले भनिन्, ‘पशु चिकित्सिकबाट चेकजाँच गरेर मात्रै खसी—बोका, च्याङ्ग्रा बिक्री वितरण गरिरहेका छौ।’ पशु चिकित्सकले चेकजाँचपछि खसी, बोका र च्याङ्ग्राको सिंगमा रंग लगाउँछन्। हरियो रंग लागेकाहरू स्वस्थ मानिन्छन्। त्यस्ता खसी, बोका र च्याङ्ग्रा मात्रै उपभोक्तालाई बिक्री—वितरण गर्ने गरिएको थापाले बताइन्।

गत सालभन्दा केही सस्तो

संस्थानले यस वर्ष खसी बोका प्रतिकिलो १० रुपैयाँ र च्याङ्ग्रा ३० रुपैयाँ कममा बिक्री वितरण गरिरहेको छ। ‘बिक्री मूल्यमा माग र आपूर्तिले पनि सम्बन्ध राख्छ। लिमिटेड सरकारको पूर्ण स्वामित्वमा भएकोले नाफा कमाउने उद्देश्यभन्दा पनि उपभोक्तालाई चाडवाडमा सेवा गर्नु हाम्रो धर्म हो’, सहायक प्रबन्धक थापा भन्छिन्, ‘दसैंको बेलामा मासुको आपूर्ति सहज गराउन, बजारको मूल्यलाई स्थिर राख्नलाई खरिद लागतमा शून्य नाफा राखेर खसी, बोका र च्याङ्ग्रा बिक्री गरिरहेका छौं।’

बाढी पहिरोमा ढुवानीकर्ताहरूसँग समन्वय र सहजीकरण गरेर उपत्यकावासीको दसैं उल्लासमय बनाउन सफल भएकोमा उनले खुसी व्यक्त गरिन्। खाद्यलाई मुस्ताङबाट च्याङ्ग्रा ल्याउन निकै कठिनाइ भएको थियो। आठ दिन च्याङ्ग्रालाई हिँडाएर ल्याउनु परेको थियो। १० दिनमा काठमाडौं ल्याई पु¥याइएका थिए। खसी—बोका भने दाङबाट ल्याएका हुन। उपभोक्ताको अत्याधिक चापलाई मध्यनजर गरेर यस वर्ष पनि अष्टमी र नवमीका दिनसम्म खसी, बोका, च्याङ्ग्रा बिक्री वितरण गरिने खाद्यले जनाएको छ। अन्नपूर्णपोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.