भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दराजमा थन्कियो विज्ञान नीति


  • आश्विन १, २०७७
  • 399 Views
दराजमा थन्कियो विज्ञान नीति image

काठमाडौँ । राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति स्वीकृत भएको एक वर्ष बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन हुन नसक्दा सो नीति दराजमा थन्किएर दस्तावेज भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नीतिका आधारमा कानुन बन्ने र त्यसपछि कार्यान्वयनमा जाने बताउँदै भन्नुभयो, “कार्यान्वयनको प्रक्रिया लामो हुने रहेछ ।”

नीतिको पुछारमा राष्ट्रिय विज्ञान प्रविधि विकास तथा समन्वय परिषद् गठनको व्यवस्था छ । शिक्षा मन्त्रीको अध्यक्षतामा रहने सो परिषद् मात्र गठन भएको छ । मन्त्री पोखरेलले नीतिगत स्पष्टता होस् भनेर विभिन्न अध्ययन कमिटीका साथै नीतिका आधारमा अगाडि बढ्न विज्ञान तथा प्रविधि सचिवको नेतृत्वमा रणनीतिक योजना तयार गरिरहेको जानकारी दिनुभयो ।

विज्ञान प्रविधिको विकास, नवप्रवर्तनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रवद्र्धनबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गरी नागरिकको गुणस्तरीय जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्ने लक्ष्य नीतिले लिएको छ । बायो, न्यानो तथा न्युक्लियर प्रविधिको विकास र उपयोगबाट कृषि क्षेत्रको व्यवसायीकरण, विविधीकरण एवं आधुनिकीकरणमा सहयोग गर्ने, विज्ञान शिक्षणलाई प्रयोगात्मक क्रियाकलापसँग आबद्ध गरी शिक्षणलाई व्यावहारिक र रुचिपूर्ण बनाउने, प्रत्येक युवा नेपाली नागरिकलाई प्राविधिक सीपयुक्त र दक्ष बनाउन विज्ञान प्रविधिसम्बन्धी तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, युवा वैज्ञानिक स्वयंसेवा  ‘जनतासँग युवा वैज्ञानिक’ कार्यक्रम सञ्चालन गर्ने विषयलाई विज्ञान नीतिमा समावेश गरिएको छ ।

यस्तै प्रतिस्पर्धाका आधारमा अनुसन्धान वृत्ति, छात्रवृत्ति, प्रतिभा कदर प्रोत्साहन, सहुलियतपूर्ण विज्ञान प्रविधि तथा नवप्रवर्तन ऋण तथा पुरस्कारको व्यवस्था गर्ने, नवप्रवर्तन प्रतिभालाई प्रविधि विकासमा संलग्न हुन प्रादेशिक तथा स्थानीय तहमा विज्ञान तथा नवप्रवर्तन प्रवद्र्धन केन्द्रको विकास गरिने समेटिएको छ ।

पारमाणिक, रासायनिक तथा जैविक पदार्थको वैज्ञानिक अनुसन्धान र शान्तिपूर्ण प्रयोगका लागि आवश्यक प्रविधिको विकास गर्ने, भौतिक विज्ञान र जीव विज्ञानको अनुसन्धानशाला विकास गर्ने, विज्ञान प्रविधि तथा नवप्रवर्तन कोषको स्थापना गर्ने लगायतका महìवाकाङ्क्षी नीति एवं कार्यनीति समेटिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले नीति कार्यान्वयनमा लैजान दृष्टिकोण र पर्याप्त जनशक्तिको पनि समस्या भएको उल्लेख गर्दै भन्नुभयो, सबैतिर अपेक्षा ठूलो छ । धान्न सक्ने गरी काम गर्नुपर्नेछ । गोरखापत्रबाट…

 


Thali Mobile Pvt.Ltd.